सिटिजन्स बैंकले गर्यो नशा रहित समाज नेपाललाई आर्थिक सहयोग



काठमाडौं । सिटिजन्स बैंकले लागुऔषधको दुर्व्यसनमा परेका व्यक्तिहरुलाई कुलतबाट छुट्कारा गराउने काम गर्दै आएको नशा रहित समाज नेपाललाई आर्थिक सहयोग गरेको छ ।

बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत १ लाख १ हजार रुपैंयाँ आर्थिक सहयोग गरेको हो ।

सिटिजन्स बैंकले आफ्ना ८२ वटा शाखा, ७९ वटा ए.टि.एम. र १०१ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु