स्वदेशी कच्चा पदार्थ प्रयोग हुने उद्योग खोल्न उद्योगीलाई अर्थमन्त्री खतिवडाको आग्रह



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले शिक्षा र स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको ठूलो भूमिका निर्वाह गरेर काम गरेको भन्दै त्यसमा हस्तक्षेप नगर्ने बताए ।

नेपाल उद्योग वाणिज्य संघ काठमाडौं जिल्लाको साधारणसभाको उद्घाटन गर्दैै अर्थमन्त्री खतिवडाले निजी क्षेत्रको भूमिकामा हस्तक्षेप नहुँने बताए ।
बजेटमा नै आफुले अर्थतन्त्र संचालन गर्ने इन्जिन निजी क्षेत्र भएको उल्लेख गर्दै अर्थमन्त्री खतिवडाले सरकारले सबैसँग छलफल गरेर विधेयक ल्याउने जानकारी दिए ।

उनले हालै मात्र संघीय संसद्बाट पारित भएको औद्योगिक व्यवसाय ऐन अनुसार व्यवसायीले कर छुट पाउने जानकारी दिए । औद्यागिक व्यवसाय ऐनमा दिएको कर छुट सरकारले आर्थिक ऐनमा नभएको भन्दै दिने गरेको थिएन । अर्थमन्त्री खतिवडाले सो खाले छुट अब दिने बताए ।

अर्थतन्त्र एकजना व्यक्तिको लागि नीति नियम नबन्ने भन्दै देशको लागि नियम बन्ने अर्थमन्त्री खतिवडाको भनाई छ ।

निजी क्षेत्रले विदेशी पूँजी परिचालन गर्नुपर्ने भन्दै खतिवडाले विदेशी ऋणलाई लगानीको रुपमा लिन नसकिने बताए । उनले उद्योगहरु लगानीकर्ता भएको भन्दै बैंकजस्तो ऋण दिने नभएको बताए । उनले उद्योगमा स्वदेशी कच्चा पदार्थ प्रयोग हुने उद्योग खोल्न उद्योगी व्यवसायीलाई आग्रह गरे ।


क्लिकमान्डु