बैंकमा तरलता अभाव चर्कियो, अन्तर बैंक ब्याजदर ५ प्रतिशत पुग्यो



काठमाडौं । बैंकहरुमा ऋण योग्य रकमको मात्र नभएर तरलता अभाव नै चर्कन थालेको छ । निक्षेप घटेको तथा ऋण बढेको हुँदा तरलताकै अभाव बढेको हो ।

बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम (तरलता) अभाव हुन थालेपछि बैंकहरुको भारित औषत अन्तर बैंक ब्याजदर पनि बढ्न थालेको छ । राष्ट्र बैंकका अनुसार साउन र भदौमा सामान्य रहेको भौरित औषत अन्तर बैंक ब्याजदर न्यून नै रहेपछि एकाएक भदौ मसान्तमा यो अंक बढेको थियो । तर असोज लागेपनि बैंक तथा वित्तीय संस्थामा तरलताको निकै अभाव देखिएको छ ।

बैंक तथा वित्तीय संस्थाले नयाँ आर्थिक सुरु भएयता पनि विभिन्न समयमा आधार मूल्यसहित नयाँ नयाँ ब्याजदर पनि सार्वजनिक गरिनै रहेका हुन्छन । त्यसले पनि बैंकमा निक्षेप कर्ताका आकर्षण कम रहेको देखिएको छ ।

भदौ मसान्तमा अन्तरबैंक ब्याजदर ४.५०३ प्रतिशत रहेको थियो । असोज १ गते भने यो अंक बढेर ५.०३३९ प्रतिशत पुगेको थियो । यता असोज २ गते १ गतेको तुलनामा केही घटेर ४.४१६८ प्रतिशत रहेको छ । अघिल्ला महिनामा अन्तबैंक ब्याजदर अधिकांश दिन १ प्रतिशत भन्दा केही बढी मात्रै रहेको थियो । गत साताको अन्तिसम्मको हेर्दा पनि अन्तर बैंक ब्याजदर ४.५४४४ प्रतिशत रहेको छ ।


क्लिकमान्डु