राष्ट्र बैंकले १० अर्ब ३३ करोडकाे ट्रेजरी बिल जारी गर्दै



काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार १० अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

राष्ट्र बैंकले बोलकबोल मार्फत १० अर्ब ३३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो । राष्ट्र बैंकले ९१, १८२ र ३६४ दिनको लागि ट्रेजरी बिल जार गर्ने भएको छ ।

९१ दिनको लागि ४ अर्ब ३ करोड, १८२ दिनको लागि ४ अर्ब ३० करोड र ३६४ दिनको लागि २ अर्ब रुपैयाँ रहेको छ ।

९१ दिनको ट्रजरी बिल पुस ८ गते, १८२ दिनको चैत ११ गते र ३६४ दिनको टे«जरी बिल २०७७ असोज ६ गते परिपक्व हुने छ । ट्रेजरी बिलको लागि बोलकबोल गर्ने समय सोमबार ३ बजे रहेको छ भने मंगलबार सार्वजनिक गरिने छ ।


क्लिकमान्डु