माछापुच्छ्रे बैंकको साधारण सभा असोज २४ मा, कति दिँदैछ लाभांश ?



काठमाडौं । माछापुच्छ्रे बैंकले असोज २४ गते वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त साधारण सभामा बैंकले लगानीकर्तालाई १६ प्रतिशत लाभांश दिने प्रस्ताव लैजाने भएको छ ।

उक्त साधारण सभाले पास गरेपछि लगानीकर्ताहरुले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस र ११ प्रतिशत नगद लाभांशसहित १६ प्रतिशत लाभांश दिने छ ।

बैंकले उक्त साधारण सभाबाट अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्ने प्रस्ताव पनि जैजाने भएको छ ।

असोज २४ मा हुने साधारण सभाको लागि असोज १० देखि २४ गतेसम्म बुक क्लोज हुने भएको छ । उक्त साधारण सभामा भाग लिने र लाभांश पाउनको लागि ९ गतेसम्म बैंकको सेयरधनी भइसक्नुपर्ने छ ।


क्लिकमान्डु