निक्षेप संकलन घट्दा बैंकहरु कर्जा दिन नसक्ने अवस्थामा (तथ्याङ्कसहित)



काठमाडौं । नयाँ आर्थिक वर्ष लागेसँगै बैंकहरु निक्षेप संकलन कमजोर देखिँदा कर्जामा हुने लगानीको क्रम भने आक्रमक देखिएको छ ।

भदौ २७ सम्मको तथ्याङकलाई हेर्दा बैंकहरु कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेको तथ्याङकले देखाएको छ । अहिले सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकहरुको निक्षेप संकलनको क्रम घट्दै गएको छ भने कर्जा लगानी बढेको छ ।

असार मसान्तसम्ममा बैंकहरुको निक्षेप २७ खर्ब ६४ अर्ब रुपैयाँ रहेको थियो । भदौ २७ सम्म आईपुग्दा १३ अर्ब रुपैयाँले घटेर २७ खर्ब ५१ अर्ब रुपैयाँमा आएको छ ।

साउन ३ गते २७ खर्ब ५० अर्ब रुपैयाँ रहेको निक्षेप संकलन १० गतेसम्म आईपुग्दा भने थोरै बढेको देखिएको छ । साउन १० गते बैंकहरुको निक्षेप २७ खर्ब ५४ अर्ब रुपैयाँ रहेको थियो । त्यसको ७ दिन पनि पुनः साउन ३ को अवस्थामा पुगको थियो । यता साउन २४ मा भने निक्षेप झनै घटेर २७ खर्ब ४९ करोडमा झरेको थियो भने साउन मसान्तमा आउँदा साउन ३ को तुलनामा ३ अर्बले घटेर २७ खर्ब ४६ अर्ब मात्रै निक्षेप संकलन भएको थियो ।

साउन महिनाको अधिकांश दिन घटेको २८ वटा वाणिज्य बैंकहरुको निक्षेपमा भदौ लागेपछि भने केही सुधार देखिएको छ । भदौ ५ गते बैंकहरुको निक्षेप साउन मसान्तको जस्तै २७ खर्ब ४६ अर्ब नै रहेको थियो । त्यसको १ साता पछि नै ३ अर्बले बढेको २७ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ भने भदौ २० मा आईपुग्दा ७ अर्ब रुपैयाँले बढेर २७ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको छ । तर भदौ २७ मा आईपुग्दा भने ५ अर्ब रुपैयाँले घटेर २७ खर्ब ५१ अर्ब रुपैयाँमा आईपुगेको छ ।

भदौमा बैंकहरुको निक्षेप बढेपनि असार मसान्तको तुलनामा भने निकै घटेको छ । यो अवधिमा बैंकहरुको निक्षेप संकलनमा गिरावट आएपनि कर्जा लगानी भने सुधार भएको छ । असार मसान्तमा २८ वटा वाणिज्य बैंकको कर्जा लगानी २४ खर्ब २२ अर्ब रुपैयाँ रहेको थियो । यो अंक भदौ २७ सम्म आईपुग्दा ४६ अर्ब रुपैयाँले बढेर २४ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ ।

असार मसान्तमा रहेको बैंकहरुको कर्जा लगानी २४ खर्ब २२ अर्ब बाट बढेर साउन १० मा पुग्दा घटेर २४ खर्ब ५ अर्ब रहेको थियो । पुन साउन १७ मा भने ४ अर्ब रुपैयाँले बढेर २४ खर्ब ९ अर्ब रुपैयाँ पुगेको थियो ।

यसपछि बैंकहरुको बढन थालेको कर्जा लगानी भदौ २७ सम्म पनि निरन्तरता पाएको छ । साउन मसान्तमा २४ खर्ब २६ अर्ब रुपैयाँ रहेको बैंकहरको कर्जा लगानी भदौ ६ मा आईपुग्दा बैंकहरुको कर्जा लगानी बढेर २४ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ ।

यस्तै भदौ १३ मा यो क्रम झनै बढेर २४ खर्ब ४७ अर्ब पुगेको थियो भने भदौै २० मा आईपुग्दा बैंकहरुको कर्जा लगानी २४ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको छ । यस्तो भदौ २७ मा आईपुग्दा यो अंक २४ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ ।


क्लिकमान्डु