मदन भण्डारी मेमोरियल ऐकेडेमीमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर




काठमाडौं । प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
उर्लाबारीस्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा स्थापित एक्स्टेन्सन काउण्टरको ऐकेडेमीका कार्यकारी निर्देशक विनोद र्अयालले समुद्घाट्न गरेका छन् ।

मदन भण्डारी मेमोरियल ऐकेडेमीमा अध्यनरत विध्यार्थीले अब विना झन्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट कारोबार गर्र्न सक्नेछन् । सेवाग्राहीहरु प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रभु बैंकले १९५ वटा शाखा कार्यालय, १५२ वटा एटिएम तथा ३३ वटा एक्स्टेन्सन काउण्टरहरु मार्पmत् गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।


क्लिकमान्डु