एप्पलले सार्वजनिक गर्यो आइओएस १३, के छन नयाँ विशेषता, कसरी डाउनलोड गर्ने ?




काठमाडौं । एप्पलले आइओएस १३ सार्वजनिक गरेको छ । आज सार्वजनिक गरिएको यो सिस्टम आइफोन र आइपोड टचका विभिन्न मोडलमा राख्न मिल्नेछ ।

पछिल्लो आइओएस भर्सन सन २०१९ को जुनमा सार्वजनिक गरिएको थियो । आइओएस १३ अपडेटले विभिन्न विशेषताहरु थप गर्ने एप्पलले जनाएको छ ।

थप गरिएका मुख्य विशेषताहरुमा डेडिकेटेड डार्क मोड, फोटो र भिडियो एडिट गर्ने नयाँ तरिका र पहिला साइन इन विथ एप्पलका रुपमा चिनिने अल न्यु साइन इन फर एप्स एण्ड बेभसाइट छन् ।

कुन–कुन मोडलमा आइओएस १३ राख्न मिल्छ ?

आइओएस १३ आइफोन सिक्सदेखि माथिका सबै मोडलहरुमा र सेभेन्थ जेनेरेसन आइपोड टचमा डाउनलोड गर्न सकिन्छ ।
यो सिस्टम आइफोन एक्सएस, आइफोन एक्सएस म्याक्स, आइफोन एक्सआर, आइफोन एक्स, आइफोन ८, आइफोन ८ प्लस, आइफोन ७, आइफोन ७ प्लस, आइफोन ६ एस, आइफोन ६ एस प्लस, आइफोन एसइ र आइफोन टचको सेभेन्थ जेनेरेसनमा डाउनलोड गर्न मिल्छ ।
सफ्टवेयरको यो नयाँ भर्सन आइफोन ११, आइफोन ११ प्रो र आइफोन ११ प्रो म्याक्समा पहिल्यै लोड भएर आउनेछ ।

आइओएस १३ आइफोन र आइपोडमा कसरी डाउनलोड गर्ने ?
यो सफ्टवेयर डाउनलोड गर्न निम्न प्रक्रिया अपनाउनुहोसः
– मोबाइलमा भएको सेटिङमा गई त्यहाँ आउने जनरल अप्सनमा गई सफ्टवेयर अपडेटमा जानुहोेस् ।
– त्यसपछि डाउनलोड एण्ड इन्स्टलमा ट्याप गर्नुहोस ।
–डाउनलोड भएपछि इन्स्टल अप्सन क्लिक गर्नुहोस ।
–इन्स्टल गर्ने क्रममा आउने एग्री अप्सनमा क्लिक गर्नुहोस ।
– सफ्टवयर इन्स्टल भएपछि तपाईको प्रक्रिया पूर्ण हुनका लागि फोन रि–स्टार्ट हुन्छ । त्यसपछि नयाँ सफ्टवेयरको प्रयोगमा पाइने नयाँ विशेषताहरु प्रयोग गर्नुहोस ।

आइट्युन्सबाट आइओएस १३ कसरी डाउनलोड गर्ने ?
– आफ्नो आइफोन वा आइपोडलाई लाइटिनिङ केबल प्रयोग गरी कम्प्युटरमा कनेक्ट गर्नुहोस ।
–त्यसपछि आइट्युन्स खोल्नुहोस । आइट्युन्स खुलेपछि माथिको देब्रे कुनामा देखिन्छ । डिभाइसमा देखिने आइकन क्लिक गरिसकेपछि समरी अप्सनमा क्लिक गर्नुहोस ।
– त्यहाँ तपाईले चेक फर अपडेट अप्सन भेटाउनुहुनेछ । त्यस अप्सनमा क्लिक गर्नुहोस ।
–अब डाउनलोड एण्ड अपडेट अप्सन क्लिक गरी निर्देशन पालना गरी इन्स्टल गर्नुहोस ।
अब तपाई आफ्नो आइफोन वा आइपोडमा आइओएस १३ सफ्टवयरको मज्जा लिन सक्नुहुन्छ ।
आइओएस कुनै पनि आइप्याडमा डाउनलोड गर्न मिल्ने छैन । एप्पलले आइप्याडका लागि छुट्टै आइप्याडोज सफ्टवयर सार्वजनिक गर्ने जनाएको छ ।


क्लिकमान्डु