टेलिभिजन, फ्रिज र वासिङ मेसिन किन्ने उपयुक्त मौका, दशैंमा छुटको बहार



काठमाडौं । बजारमा दशैंको रौनक सुरु भइसकेको छ । सो अनुसार वस्तु उत्पादक तथा सेवा वितरक संस्थाहरुमा शुरु भइसकेको छ । नजिकिँदै गरेको दशैं, तिहार र छटपर्वलाई लक्षितगरि विभिन्न कम्पनीहरुले आफ्नो सेवामा स्कीमहरु सार्वजनिक गरेका हुन् ।

दशैंको समयमा प्राय सबै व्यापारीक क्षेत्रमा छुटको अफरहरु हुन्छ । यसै समयमा मानिसले धेरै भन्दा धेरै सामानहरु खरिद गर्ने हुँदा यस्तो अफरहरुले थप सामान खरिद गर्न लालयती बनाउँछ ।

विशेष गरी घरेलु उपकरणहरु बिक्री गर्ने कम्पनीहरुले अफरका योजना ल्याई धेरै सामानहरु बिक्री गर्ने योजना बनाई चाडपर्वलाई पर्खेर बसेका हुन्छन् ।

चाडपर्वलाई लक्षित गर्दै चौधरी गु्रप, आइएमएस गु्रप, स्मार्ट अपलायन्सेस्को केएल. दुगड ग्रुप, हिमस्टर तथा बाल्ट्राले आफ्नो विभिन्न उत्पादनहरुका विषेश छुटको अफर ल्याएको छ ।

कुन कम्पनीले के र कति छुट दिदैछन् ?

 चौधरी ग्रुप (सिजी)

नेपालको सबैभन्दा बढी बिक्री हुने सिजी इलोक्ट्रोनिक्सले महान चाडपर्वको उत्साह र उमंगमा सिजीको सामान खरिदसँगै जित्नुहोस् लाखौँको क्यास ब्याक र स्योर सट उपहारका योजना ल्याएको छ । साथै बम्परमा १० जनालाई थाइल्याण्ड भ्रमण गर्ने अवसर दिने अफर गरेको छ ।

नयाँ नयाँ विद्युतिय सामानहरु उत्पादन गर्दै आएको सिजी ग्रुपले होम अपलायन्सेस्का विद्युतीय समानहरुमा २९ प्रतिशतसम्म पैसा फिर्ता योजना ल्याएको छ ।

यसका साथै, उक्त अफर अन्तरगत सिजी ब्राण्डले आफ्ना उत्पादनहरु टेलिभिजन, रेफ्रिजेरेटर, वासिङमेशिन फ्रिज, स्पिकर, माइक्रो वोवन, एयर कन्डिन्र लगायतका खरिदमा आकर्षक मुल्य साथै हात खाली नजाने उपहार ल्याएको हो ।

जसमा सिजीले सिन्गल डोरको रेफ्रिजेरेटरमा २३ प्रतिशत पैसा फिर्ता, डवल डोरमा ३ लिटरको पे्रसर कुकर फ्रि, मल्टी डोर रेफ्रिजेरेटरमा २.१ को स्पिकर फ्रि दिने अफर गरेको छ ।

यस्तै माइक्रो ओवनमा २८ सयको कुकिङ्ग किटहरु फ्रि, फन्टलोड वासिङ्ग मेसिनमा २ हजार ९७० रुपैयाँको मिक्सचर र सेमीटपलोड वासिङ्ग मेसिनमा १ हजार ३४० रुपैयाँ पर्ने आइरन फ्रि, स्फिकरमा ९ सय रुपैयाँको पेन ड्राइभ, एयर कन्डिसनमा ४ हजार सम्मको छुट दिएको छ ।

 बाल्ट्रा

नेपालम र भारतमा राम्रो होम अपलायन्सेस् बिक्री गर्ने कम्पनीको रुपमा चिनिएको बाल्ट्राले यस वर्षको दशैं तिहार र छटपर्वलाई लक्षित गरेर नयाँ अफरहरु सार्वजजिनक गरेको छ । बाल्ट्राले यस वर्षको चाडपर्व लक्षित ‘बाल्ट्राले दशै ल्यायो नामक योजना नेपालमा ल्याएको हो ।

जसमा बाल्ट्राले बिग तथा स्मल अपलायन्सेस्को खरिदमा ५१ जना भाग्यशाली ग्राहकहरुलाई लक्की ड्र गरी आर्कषक उपहारका साथै स्योर सट उपहार पनि दिने अफर गरेको छ । जसमा ५५ इन्चको ४ के स्माट टिभी १ जनालाई, २४ इन्चको स्माट टिभी २ जनालाई, ३२ इन्चको स्माट टिभी ३ जनालाई, साउण्डबार ५ जनालाई, मिक्सचर १० जनालाई, साइस कुकर १५ जनालाई र १५ जनालाई आइरन उपहार दिने अफर गरेको छ ।

बाल्ट्राले टिभी, वासिङ्ग मेसिन, रेफ्रिजेरेटर, डिप फ्रिज, स्पिकर, माइक्रो वोवन, एयर कन्डिसन लगाएतका विद्युतिय सामानहरु बजारमा ल्याएको छ । अफर योजना अवधीभर उक्त समान खरिदमा बाल्ट्राले आइरन, राइसकुकर, इलोक्ट्रोनिक जग, कफी मेकर, मिक्सचर लगाएतका अन्य सामानहरु उपहार दिनेछ ।

हिमस्टार

नेपाली बजारमा स्तरीय होम अप्लाएन्सेसहरु उपलब्द्ध गराउदैँ आएको गोल्छा अर्गनाइजेसनको इलोक्ट्रोनिक्स प्रोडकस हिमस्टारले चाडपर्व लक्षितगरी अपरका योजनाहरु सार्वजनिक गरेको छ । कम्पनीले नजिकिँदै गरेको नेपालीहरुको महान पर्वहरु दशैं, तिहार तथा छठको अवसर पारेर ग्राहकले हिमस्टारका टिभी, रेफ्रिजेरेटर, डिप फ्रिज तथा वासिङ मेसिनलगायतका होम अप्लाएन्सेसको खरिदमा हात खाली नजाने योजना ल्याएको हो ।

कम्पनीले हिमस्टार ‘अजबको गजब’ नामक योजनामा हिमस्टारका विभिन्न प्रोडकहरु खरिद गर्दा अर्को सित्तैमा दिने योजना सार्वजनिक गरेको छ । यस्तै, दशैं तिहारमा हिमस्टारका ग्राहकले हिमस्टारका विभिन्न साइजका टिभी र रेफ्रिजेरेटर खरिद गर्दा आइरन, मिस्कचर, इलोक्टोनिक्स जग उपहार दिने जनाएको छ ।

स्काईवर्थ

स्मार्ट अपलायन्सेस्को केएल दुगड ग्रुप अन्तर्गतको कम्पनीले दशैं तथा तिहारको अवसरमा स्काईवर्थ होम अपलायन्सेस्मा ‘स्काइवर्थ ग्राण्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । कम्पनीले ‘स्काईवर्थसँग सबै दङ्ग ३०% सम्म छुट पाइ सबै फुरुङ्ग’ नामक योजना ल्याएको हो ।

उक्त योजना अन्तर्गत ग्राहकहरुले हरेक स्काईवर्थ होम अपलायन्सेस्का विभिन्न सामानहरुको खरिदमा ३०% सम्मको छुट प्राप्त गरेर चार्डपर्वलाई अझै विशेष बनाउन सक्नेछन् ।

आइएमएस ग्रुप

आइएमएस ग्रुपले दशैं तिहार र छटपर्वसम्म आफ्ना उत्पादन खरिद गर्ने ग्राहकलाई ६६ प्रतिशतसम्म छुटको योजना ल्याएको छ । आइएमएसले लिटल स्माइल नामक योजनामा बच्चाको सामानहरु खरिद गर्ने ग्राहकलाई ३ देखी ८ प्रतिशतसम्म छुट दिने भएको छ । यस्तै स्माट डोको नामक योजनामा आइएमएस ग्रुपका उत्पादनहरुमा १ देशी ६६ प्रतिशतसम्म छुट दिने जनाएको छ ।


क्लिकमान्डु