इन्स्टाग्राम चलाउनुहुन्छ ? अब यस्ता पोष्ट गर्न र हेर्न पाइँदैन




काठमाडौं । फेसबुकको स्वामित्वमा रहेको इन्स्टाग्राामले नयाँ नियम ल्याएको छ । नयाँ नियमअनुसार अब १८ वर्षभन्दा मुनिका प्रयोगकर्ताले सेलिब्रेटी प्रभाबकर्ताहरुले पोष्ट गरेका कस्मेटिक सर्जरी र तौल घटाउने उत्पादन समेटिएका पोष्टहरु हेर्न पाउनेछैनन ।

इन्स्टाग्रामकी पब्लिक पोलिसी म्यानेजर इम्मा कोलिन्सका अनुसार अब यी विषयसँग सम्बन्धीत केहि पोष्टहरु १८ वर्ष मुनिका प्रयोगकर्ताले हेर्न नपाउने गरी लुकाइने र कतिपय पोष्ट इन्स्टाग्राम र फेसबुकबाट समेत हटाइनेछ ।

उनले थप प्रष्ट पार्दै भनेकी छिन– हामीले इन्स्टाग्राम सबैका लागि सहज अनुभुति हुने एउटा सकारात्मक ठाउँ बनाउन चाहान्छौ जसले कहिलेकाँही सोसल मिडियाका कारण कसैलाई हुने प्रेसर कुनै पनि कोणबाट नहोस ।

विभिन्न समयतमा कस्मेटिक सर्जरी र तौल घटाउन बनेका विभिन्न उत्पादनहरुबारे विभिन्न पोष्ट आएपछि र त्यसले विबाद निम्त्याएपछि इन्स्टाग्रामले यो निर्णय लिएको हो ।

कुनै पनि उत्पादनको चमत्कारिक प्रभाब समेटिएका पोष्टहरु पुर्णतया इन्स्टाग्रामबाट हट्नेछन ।

विभिन्न अध्ययनहरुले इन्स्टाग्रामले टिनेजरहरुमाझ खानपानमा असन्तुलन र डिप्रेसन बढाउन सहयोग पुग्न सक्ने निष्कर्ष निकालेका छन् ।
पेडियाट्रीक्स जर्नलमा भर्खरै पकाशन भएको एउटा अध्ययनले इन्स्टाग्रामजस्ता सोसल मिडिया प्लेटफर्ममा बच्चाहरुले अस्वस्थ स्न्याक्सको तस्बिर देखेमा त्यही अस्वस्थ स्न्याक्सबाट धेरै क्यालोरी उपभोग गर्ने देखाएको छ ।


क्लिकमान्डु