प्रविधिमा थप लगानी नगरे बैंकहरु डुब्छन्: गभर्नर नेपाल



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले नेपालका बैंकहरुलाई प्रविधिमा गर्ने लगानी तोक्नै पर्ने अवस्था आएको बताएका छन् ।

राजधानीमा आयोजित कार्यक्रममा गभर्नर डा. नेपालले बताएका हुन् । बैंकहरुलाई पटक पटक प्रविधि र साइबर सुरक्षाको लागि लगानी बढाउन आग्रह गर्दा पनि नमानेको भन्दै अब भने तोकेर नै लगानी गर्न निर्देशन दिनुपर्ने समय आएको बताए ।

उनले भने ‘बैंकरहरुलाई अब हामी प्रविधिमा कमजोर छौ भन्ने छुट छैन, अझै पनि विकासोन्मुख राष्ट्र हौं र कमजोर छौं भनेर बस्दा त्यसले विनास निम्त्याउँछ ।

बैंकहरुको नाफा बढे जसरी नै प्रविधिमा पनि चुनौती बढेको भन्दैं त्यसमा बैंकहरुले गर्ने लगानी अनिवार्य बढाउनु पर्ने नेपालको तर्क छ ।

उनले भने ‘बैंकले प्रविधिमा गर्ने लगानी भनेको नाफाको लागि नै हो । प्रविधिमा गरेको लगानीले जोखिम पनि न्यूनिकरण हुन्छ । यसले हामीलाई साइबर आक्रमणबाट बचाँउछ ।’

उनले साइबर सुरक्षामा सबै बैंकहरुलाई सचेत हुन समेत आग्रह गरेका छन् ।


क्लिकमान्डु