बैंकका संचालकको उमेर हकबन्दी तोक्नु गलतः पुर्वअर्थमन्त्री डा. महत



काठमाडौं । पूर्वअर्थमन्त्री डा. रामशरण महतले बैंकका बोर्ड अफ डाइरेक्टरको उमेर हकबन्दी तोक्न नहुने बताएका छन् ।

बुधबार राजधानीमा आयोजित जलविद्युत आयोजनाको अवस्था र लगानीमैत्री वातावरण विषयक अन्तक्रिया कार्यक्रममा महतले भने, ‘कसलाई बोर्ड अफ डाइरेक्टर बनाउने भन्ने लगानीकर्ताको कुरा हो, कसैले हस्तक्षेप गर्न हुँदैन् ।’

उनले सरकारले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गरेको दाबी गरे । राष्ट्र बैंकमा हस्तक्षेप गर्दा विकृती फैलने भन्दै यसलाई तत्काल रोक्न महतले आग्रह समेत गरे ।

गत साउन २० गते राष्ट्र बैंकले ६५ वर्ष उमेर पुगेको व्यक्तिलाई प्रमुख कार्यकारी अधिकृत र ६९ वर्ष नाघेको व्यक्तिलाई संचालक नियुक्त गर्न नपाइने निर्देशन जारी गरेको थियोे ! त्यस्तै केही दिनअघि अर्थमन्त्री युवराज खतिवडाले पनि सिइअाे र संचालककाे उमेर ताेक्दै बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ काे संशोधन विधेयक संसदमा दर्ता गराएका छन् !

त्यस्तै, महतले विद्युतमा कष्ट अफ प्रडक्ट धेरै हुन नहुने बताए ।

सरकारले बनाएका आयोजनामा बढी लागत लाग्ने तर निजी क्षेत्रको आयोजनामा भने सरकारले प्रोत्साहन नदिएको भन्दै महतले चिन्ता व्यक्त गरे । महतले सरकारले जलविद्युत क्षेत्रमा रि-फाइनान्सिङको व्यवस्था ६ महिनामात्रै हुने तर्क गरे ।

उनले सरकारले जलविद्युत क्षेत्रमा जाने कर्जामा अनुदान दिन समेत आग्रह गरे । उनले भने, ‘जलविद्युत क्षेत्रलाई अनुदान दिँदा सरकारलाई कुनै असर पर्दैन्, स्थानीय तहमा हुने बेथितीलाई रोकेर हाइड्रोको ब्याजदर घटाउनैपर्छ ।’

अहिले विद्युत प्राधिकरणले आफै विद्युत उत्पादन गर्ने, आफै रेगुलेशन गर्ने, आफै ट्रान्समिसनको काम गर्ने प्रवृतिलाई रोक्न पनि आग्रह गरे ।

उनले भने, ‘प्राधिकरणलाई सबै कामको जिम्मा दिनु भएन, उत्पादन, नियमन, प्रशारण छुट्टा छुट्टै हुनुपर्यााे, एकै ठाँउमा हुँदा समस्या भयो ।’


क्लिकमान्डु