मार्जिन कारोबार शीघ्र सञ्चालन गर्न धितोपत्र बोर्डको नेप्सेलाई निर्देशन




काठमाडौं । धितोपत्र बोर्डले मार्जिन कारोबार शीघ्र सञ्चालन गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई निर्देशन दिएको छ ।

बोर्डले यसअघि जारी गरको मार्जिन कारोबार सम्बन्धी सुविधा सम्बन्धी पटक–पटकको निर्देशनअनुसार नेप्सेले काम नगरेको उल्लेख गर्दै बोडले पुनः नेप्सेलाई निर्देशन दिएको हो ।

बोर्डले यसअघि २०७४ कात्तिक २० गते मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन २०७४ जारी गरेको थियो । सो निर्देशनमा व्यवस्था गरिएका कार्यविधिलाई आवश्यक परिमार्जन गरी कार्यान्यवन गर्न बोर्डले नेप्सेलाई २०७५ जेठ ४ गते निर्देशन दिएको थियो ।

त्यस्तै मार्जिन कारोबार सम्बन्धी सुविधामा धितोपत्र दलालले ग्राहकलाई उपलब्ध गराउने ऋणको ब्याजदर तथा अनुगमन सम्बन्धी बोर्डले २०७५ फागुन १२ गते बैठक बसी दलाल व्यवसायी र ग्राहकहरुको सम्झौताअनुसार राष्ट्र बैंकमा २०७५ फागुन १७ गते नेपाल राष्ट्र बैंकमा जानकारी समेत गराई सकेको थियो ।

मार्जिन कारोबारको सम्पूर्ण प्रक्रियाहरु पूरा हालसम्म राष्ट्र बैंकबाट २१ वटा धितोपत्र दलाल व्यवसायीहरुले मार्जिन कारोबारको लागि स्वीकृति पाइसकेका छन् ।

यसरी मार्जिन कारोबार सम्पूर्ण प्रक्रियाहरु पूरा भइसके पनि नेप्सेले मार्जिन कारोबार सुचारु गर्न दलाल व्यवसायीहरुलाई लाइसेन्स वितरण गरेको छैन । मार्जिन कारोबार सञ्चालनमा ल्याउन सबै पूर्वाधार तथा सञ्चालन व्यवस्था तयार भइसकेको जनाउँदै बोर्डले नेप्सेलाई मार्जिन कारोबार शीघ्र सञ्चालन गर्न नेप्सेलाई निर्देशन दिएको हो ।


क्लिकमान्डु