निगमलाई सुझावः विमान उडाएर मात्रै पैसा कमाइँदैन, क्याटरिङ पनि चलाउनुहोस् (प्रतिवेदनसहित)



काठमाडौं । नेपाल वायु सेवा निगमलाई सुधार गर्नका लागि अध्ययन समितिले विमान उडाएर मात्रै पैसा नकमाइने भन्दै अतिरिक्त सेवा समेत सुरु गर्न सुझाव दिएको छ ।

गठन भएको एक महिनापछि बुधबार सार्वजनिक प्रतिवेदन सार्वजनिक गर्दै अध्ययन समितिले विमान उडाएर मात्रै नाफायोग्य आम्दानी नहुने भन्दै अन्य सहायक काम गर्न समेत सुझाव दिएको हो ।

निगम कम्पनीमा रुपान्तरण भइसकेपछि अतिरिक्त सेवा अन्तर्गत मेइनटेनेन्स, रिपेयर र ओभरहउल (एमओआर), क्याटरिङ, फ्लाइट टे«निकङ इन्स्टिच्युट, हेलिकप्टर सेवा र प्याकेज टुर सेवा सञ्चालन गर्नका लागि सुझाव दिएको हो ।

अध्ययन समितिले जहाजहरुको नेपालमै ममर्त सम्भार गर्नका लागि नेपालमा सञ्चालित अन्य वायु सेवा कम्पनी तथा विदेशी अनुभवी कम्पनीको साझेदार स्थापना गर्न सकिने उल्लेख गरेको छ । यसले जहाज मर्मतका लागि बाहिरिने ठूलो धनराशी जोगाइ विदेशी मुद्रा सञ्चितीमा सहयोग पुर्याउने उल्लेख छ । साथै विदेशबाट नेपालमा आउने जहाजलाई आवश्यक पर्ने एमआरओ सेवा प्रदान गरी थप आर्जन गर्न सकिने बताएको छ ।

त्यस्तै, क्याटरिङका लागि कम्पनीले आफ्नै लागि वा नेपालमा चल्ने विदेशी कम्पनीका लागि विदेशी वा स्वदेशी कम्पनीका लागि खाना आपूर्ति गर्ने सेवा प्रदान गरी विदेशी मुद्रा आर्जंन गर्न सकिने उल्लेख छ ।

फ्लाइट टे«निङ इन्स्टिच्युट अन्तर्गत नेपालमा हाल रहेका पाइलटहरुको अभावलाई समाधान गर्न विदेशी वा स्वदेशी कम्पनीसँगको सहकार्यमा नेपालमै उडान तालिम केन्द्र स्थापना गरी सञ्चालन गर्न सक्ने र यसले कालान्तरमा नेपालमा पाइलट उत्पादन भै आन्तरिक तथा बाह्य खपतमा सहयोग पुग्ने उल्लेख छ ।

फ्लाइट इन्स्टित्युट सञ्चालन गर्ने विषय पर्यटनमन्त्री योगेश भट्टराईले यस अघि नै योजनामा समावेश गरिसकेका छन् ।

साथै, अध्ययन समितिले नेपालमा निजी कम्पनीहरुले मात्रै हेलिकप्टर सञ्चालन गरी राम्रो आम्दानी गरिरहेको अवस्थामा नेपाल वायु सेवा निगमले पनि हेलिकप्टर सञ्चालन गर्न सुझाव दिएको छ । समितिले नेपालको भौगोलिक अवस्था, सडक पहुँचको स्थिती र राज्यले प्रदान गरिरहेको सेवाको पहुँच तथा गुणस्तरका कारण निजी क्षेत्रका हेलिकप्टर कम्पनीले मनग्य आम्दानी गरिरहेका समयमा अधिकांश सञ्चालन खर्च बाँड्न सकिने , स्टेशनहरु भइ नै रहेको हुँदा यस कम्पनीलाई हेलिकप्टर विस्तार गर्न थप सहज हुने सुझावमा उल्लेख गरेको छ ।

त्यस्तै, प्याकेर टुर सेवा सञ्चालन गर्न समेत अध्ययन समितिले सुझाव दिएको छ । जसमा निगमले हाल उडान गरिरहेका दिल्ली, मुम्बई, बैंग्लोर, बैंकक जस्ता ठाउँबाट आउने यात्रु, मुक्तिनाथ, कैलाश, मानसरोवर, लुम्बिनी, जनकपुर आदि स्थलहरुमा गइरहेकाले त्यस्ता यात्रुहरुलाई सेवा दिन सकिने उल्लेख गरेको छ ।

अध्ययन समितिको पूर्णपाठ यहाँ पढ्न सकिन्छ


क्लिकमान्डु