फेसबुकले थप्यो नयाँ भिडियो टुल्स, फेसबुक लाइटबाट पनि लाइभ गर्न पाइने




काठमाडौें । भिडियो बनाउनेहरुलाई लक्षित गरी फेसबुकले भिडियोमा नयाँ विशेषता थप गरेको छ । अब फेसबुक प्रयोगकर्ताहरुले वाच पार्टी र क्रियटर स्टुडियो टुल्समा थप विशेषताहरु प्रयोग गर्न पाउनेछन् ।

यससँगै फेसबुकले इन्स्टाग्राम र आइजिटिभि सेड्युलिङ विशेषता समेत थप गरेको जनाएको छ । अब फेसबुक लाइट एप्समा पनि फेसबुक लाइभ अप्सन प्रयोग गर्न पाइनेछ ।

आम्स्टर्डममा आयोजित इन्टरनेशनल ब्रोडकास्टिङ कन्भेन्सनमा फेसबुकले उक्त विशेषताहरु थप्ने जनाएको छ ।

लाइभ ब्रोडकास्टलाई प्रोत्साहन गर्नका लागि फेसबुकले फेसबुक पेजमा नयाँ विशेषताहरु उपलब्ध गराउने छ । विशेषतः पेज एडमिनिस्ट्रेटरहरुका लागि दुईवटा नयाँ मापन थपिदैछन् । पार्टी भिडियो कति जनाले कम्तिमा ६० सेकेन्ड हेरे भन्ने डाटा हेर्न पाइनेछ । त्यसै गरी लाइभ भिडियोको सन्दर्भमा पनि फेसबुकलाई प्राप्त प्रतिक्रिया अनुसार विभिन्न विशेषताहरु थपिएका छन् ।

फेसबुकले बताए अनुसार इन्टाग्राम र आइजिटिभिमा पनि पब्लिसर र क्रियटरहरुले अब इन्टाग्राम फिड र आइजिटिभि कन्टेन्ट ट महिनासम्म सेडियुल गर्न पाउँनेछन् ।


क्लिकमान्डु