सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट तथा तालिम सम्पन्न



काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट तथा एएमएल÷सिएफटी तालिम सम्पन्न गरेको छ ।

कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न भएको हो । उक्त कार्यक्रममा काठमाण्डौं , ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक लगायतका २०० भन्दा बढि एजेन्टहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन लगायत सम्पूर्ण व्यबस्थापन समूहको उपस्थिति रहेको थियो ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरु बाट ७००० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।


क्लिकमान्डु