अजेयराज सुमार्गीको टेलिकमको लाइसेन्स खारेज गर्ने निर्णय सर्बोच्चद्धारा सदर



काठमाडौं । व्यवसायी अजेयराज सुमार्गीको लाइसेन्स खारेज गर्ने दूरसंचार प्राधिकरणको निर्णयलाई सर्बोच्च अदालतले सदर गरेको छ ।

दुरसंचार प्राधिकरणले सुमार्गी अध्यक्ष रहेको नेपाल स्याटेलाइट कम्पनीको लाइसेन्स खारेज गर्ने निर्णय गरेको थियो । त्यसको विरुद्द सुमार्गी सर्बोच्च अदालत गएका थिए । सर्बोच्च अदालतका न्यायधीशद्वय इश्वरप्रसाद खतिवडा र डा मनोजकुमार शर्माको सयुक्त इजलाशले प्राधिकरणको पक्षमा फैसला सुनाएको हो ।

सर्बोच्च अदालतले दूर सञ्चार ऐन २०५३ अनुसार अनुमतिपत्र खारेज गरेको अवस्थामा सरकार समक्ष उजुरी गर्न पाउने व्यवस्था रहेको र बुझाउनुपर्ने रकम नबुझाएर आलटाल गरेको भन्दै गर्नुपर्ने कारवाही कानून अनुसार भएको सर्बोच्चले ठहर गरेको छ ।

नेपाल स्याटेलाइटलाई प्राधिकरणको निर्णय विरुद्द सूचना तथा संचार मन्त्रालयमा पुनरावलोकनको लागि निवेदन दिनुपर्छ । ५ दिनभित्र निवेदन दिनुपर्ने व्यवस्था ऐनमा छ ।


क्लिकमान्डु