नबिल बैंकले राष्ट्र बैंकलाई मर्जरमा जान तयार भएको पत्र पठायो



काठमाडौं । नविल बैंकले मर्जरमा जानका लागि उपयुक्त जोडी खोजिरहेको भन्दै नेपाल राष्ट्र बैंकमा पत्र पठाएको छ ।

राष्ट्र बैंकमा नबिल बैंकले बुझाएको पत्रमा मर्जर यसका बिकल्पको बारेमा छलफल भएको तथा संचालक समितिबाट आवश्यक निर्णय गरेर अघिबढ्ने उल्लेख छ ।

दुई साताअघि राष्ट्र बैंकले २८ वटा वाणिज्य बैंकलाई पत्र लेखेर मर्जरको विषयमा भएको प्रगतिको बारेमा १० दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको थियो ।

राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालले असार १२ गते बैंकका अध्यक्ष तथा संचालकलाई मौद्रिक नीति अगाडि नै प्रतिबद्धता बुझाउन निर्देशन दिएका थिए । राष्ट्र बैंकको निर्देशन अनुसार २२ बैंकले मर्जरको प्रतिबद्धता बुझाएका थिए ।

नविल बैंकले भने त्यो बेला प्रतिबद्धता बुझाएको थिएन ।

नबिल बैंक निजी क्षेत्रका बैंकहरुमा सबैभन्दा बढी नाफा कमाउने बैंक हो । सेयर बजारमा वाणिज्य बैंकहरुमा सबैभन्दा बढी मूल्य नबिल बैंकको रहेको छ । नविल बैंकले मर्जरको प्रस्ताव गर्ने हो भने धेरैवटा बैंकहरु तयार हुने निश्चित छ ।

यद्यपि नविल बैंकले सिरियसली मर्जरको तयारी भने गरेको छैन । उसले राष्ट्र बैंकको फलोअपको रेस्पोन्स मात्रै गरेको देखिन्छ ।


क्लिकमान्डु