विदेशी विनिमय भुक्तानीमा वैकल्पिक माध्यमको प्रयोग गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं । राष्ट्र बैंकले नेपाल इलोक्ट्रोनिक पेमेन्टि सिस्टम (नेप्स) लाई आफ्नो सञ्जालनमा रहेका बैंकका कार्ड बाहकहरुलाई विदेशबाट वैकल्पिक माध्यमको प्रयोग गरी रकमान्तर गर्न निर्देशन दिएको छ ।
गत भदौ १८ गतेदेखि नेप्सको होस्टिङ र स्विचिङ सेवा अवरुद्ध रहेको छ । सोहि कारण राष्ट्र बैंकले सूचना जारी गर्दै नेप्सलाई सञ्जालमा रहेको बैंकहरुका सेवाग्राहीलाई पुनः सुचारु नहुदाँसम्म वैकल्पिक माध्यमबाट पैसा पठाउने व्यवस्था गर्न भनेको हो ।
नेप्सको सेवा अवरुद्ध हुनु भन्दा अगाडि जारी गरिएका कार्डमा बाँकी पैसा राष्ट्र बैंकले तोकेको सीमासम्म निकाल्न बैकल्पिक माध्यमबाट दोहोरो नपर्नेगरी रकमान्तर गर्न निर्देशन दिएको छ ।
वैकल्पिक माध्यमको प्रयोगगरी विदेशबाट पैसा पठाउनको लागि भने शर्तहरु लागु गरेको छ । जसमा बैकल्पिक माध्यमको प्रयोगगरी विदेशबाट पैसा पठाउँदा भुक्तानी गरिएको कार्डको सीमा घटाउनु पर्ने र बैकल्पिक माध्यमको प्रयोग गर्दा अतिरिक्त शुल्क नपाउने राष्ट्र बैंकले जनाएको छ ।
साथै, वैकल्पिक माध्यम प्रयोगगरी भारतका विप्रेषण प्रदायक कम्पनीका केन्द्रहरु मार्फत कार्डमा रहेको रकम भारतीय रुपैयाँमा मात्र भुक्तानी हुनेछ ।
उक्त रकम कार्डवाहकको निवेदनलाई आधार मानेर सम्बन्धीत व्यक्ति वा संस्थाको विदेशस्थीत बैंकको खातामा रकमान्तर हुने राष्ट्र बैंकले उल्लेख गरेको छ । बैकल्पिक माध्यमबाट रकमान्तर गरिएको रकमको विवरण राष्ट्र बैंकमा ७ दिन भित्र पठाइसक्न नर्देशन राष्ट्र बैंकले दिएको छ ।