दशैंलाई लक्षित गरी आजदेखि बजारमा नयाँ नोट आए




काठमाडौं । नेपाल राष्ट्र बैंकले २० रुपैयाँ र ५० रुपैयाँ दरका नयाँ संकेत भएका नयाँ नोट बजारमा ल्याएको छ ।

नयाँ संकेत अंकित उक्त दरका नोटहरु बैंकले भदौ २६ गतेबाट चलनचल्तीमा ल्याएको हो ।

नयाँ संकेत अंकित भएर चलनचल्तीमा आएका नोट २० दरको सिरिज वि.सं. २०७२ संकेत नं. ञ ४१०००००१ देखि ञ ४१९९९९९९ सम्म छन् ।

त्यस्तै, नोट ५० दरको सिरिज २०७२ संकेत नं. ज ८६ ०००००१ देखि ज ८८ ९९९९९९ सम्मको नोट बिहीबारदेखि चलनचल्तीमा आएको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।


क्लिकमान्डु