बीमा अभिकर्तालाई प्यान अनिवार्य, प्यान नम्बर बिना कम्पनीले कमिसन नदिने



काठमाडौं । बीमा अभिकर्तालाई स्थाई लेखा नम्बर(प्यान) अनिवार्य गरिएको छ ।

प्यान नम्बर नलिएमा बीमा कम्पनीले बीमा अभिकर्तालाई कमिसन दिने छैनन् । बीमा अभिकर्ताको काम गर्नको लागि समितिले प्यान नम्बर अनिवार्य गरेको हो ।

बीमा समितिले निर्देशन जारी गर्दै बीमा अभिकर्ता,बीमा सर्वेयर तथा कर्मचारीलाई प्यान नम्बर लिन र उनीहरुको कर प्यान नम्बर मार्फत कट्टा गर्न भनेको छ ।
सरकारले बजेट मार्फत भनेको व्यवस्था कार्यान्वयनको लागि प्यान नम्बर अनिवार्य गरेको बीमा समितिले जनाएको छ ।


क्लिकमान्डु