सरकारी सहयोग नहुँदा पनि निजी क्षेत्रले नेपालमा लगानी गरेर देखाएको छः व्यवसायी बिनोद चौधरीको बिचार



म ज्यादै खुसी छु । यो समारोहलाई सम्बोधन गर्न पाउदा । पहिलो हामीसँग मुख्य वक्ता कोरियाका पूर्व प्रधानमन्त्री हुनुहुन्छ । म कोरियालाई धेरै सम्मान गर्छु । दक्षिण एशियामा निजी क्षेत्र र सरकारले फरक फरक तरिकाले काम गरेका छन् । दक्षिण कोरियाका राष्ट्रपति पार्क चुन हि निजी क्षेत्रलाई स्रोतको रुपमा लिए । निजी क्षेत्रले अर्थतन्त्र चलाउछ भनेर । निजी क्षेत्रलाई जापानिज मल्टिनेशनल कम्पनीसँग प्रतिस्पर्धा गर्नको लागि प्रोत्साहन दिए । कम्पनीहरु हुन्डाई त्यस्तै गरी स्थापना भयो । सरकारको सहयोगमा हुन्डाईको स्थापना भयो । जसले कोरियालाई परिवर्तन गर्न मुद्दत पर्यो ।

यो सम्मेलन अगाडि हामीले नेपाल भारत ६९ किलोमिटर पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्यौ । समयभन्दा अगाडि यसको काम निर्माण सम्पन्न भयो । दुवै देशका प्रधानमन्त्रीले सयुक्त रुपमा विकासको लागि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यहा ऊर्जामन्त्री यही हुनुहुन्छ । म तपाईलाई स्वागत सँगै एउटा सन्देश सुनाउनको लागि समेत आग्रह गर्छु । नेपाल पाइपलाइनमा भएको जस्तै काम पन्चेश्वर चिसापानीमा होस भन्ने कामना गरेर बसेको छ । अब समय आएको छ । कर्णाली र चिसापानीको काम समय सिमा तोकेर सुरु गरौं । हाम्रो सरकार दुईतिहाईको बहुमत प्राप्त सरकार हो । जसले चाहेको काम गर्न सक्छ ।

नेपालको सबैभन्दा बढी व्यापारघाटा भारतसँग छ । १४ अर्ब अमेरिकी डलरको व्यापारघाटा छ । जुन सबैभन्दा बढी भारतसँग छ । हामीले वस्तु बेचेर व्यापारघाटा कम गर्न सक्दौनौ । हामीले बेच्ने विजुली हो । अरुण थ्रीको काम सुरु भएको छ । जसले नेपाल भारतबीच ऊर्जा क्षेत्रमा काम गर्नको लागि बाटो समेत सुरुवात भइसकेको छ ।
चीनका विदेशमन्त्रीले भ्रमण गरेर जानुभयो । चीनका राष्ट्रपति नेपाल भ्रमणमा आउदै हुनुहुन्छ । हामीले नेपाललाई भारत र चीनको ट्रान्जिट करिडोरको रुपमा बिआरआई मार्फत विकास गर्नसक्छौ । चिनियाँ प्रविधिको प्रयोग गरेर हामी भारतीय बजारमा जानसक्छौ ।

नेपालको निजी क्षेत्रले धेरै हडल भएपनि काम गरिराखेको छ । निजी क्षेत्रको जतिसुकै खुट्टा तानेपनि निजी क्षेत्रले लगानी गरेको छ । निजी क्षेत्रले लगानी नगरेको भए ऊर्जामा आत्मनिर्मर हुने अवस्था आउने थिएन । निजी क्षेत्र अनेकौ झन्झट भोगे पनि सिमेन्टमा आत्मनिर्भर बनाएको छ ।

नेपालमा धेरै सम्भावना छ । नेपालका प्रदेशले कसैसँग प्रतिस्पर्धा गर्नुपर्ने छैन । प्रदेश नम्बर १ का मुख्यमन्त्रीलाई अनुरोध गर्न चाहन्छु । त्यसलाई एजुकेशन हब बनाउनुहोस् । कुनैबेला दार्जिलिङ,देहरादुन र मसुरी थियो । नेपालको प्रदेश नम्बर १ राम्रो पहाडहरु छन् । जहा सडक पनि पुगेको छ । त्यो एजुकेशन हब हुन्छ ।
२ नम्बर प्रदेश कृषिको केन्द्र हुन्छ । ६ खर्बको कृषिजन्य पदार्थ हामीले आयात गर्छौै । कृषिमा यती पैसा खनाउन म मुख्यमन्त्रीलाई आग्रह गर्न चाहन्छु । जसले नेपाली कृषि उत्पादनले भारतीय वस्तुसँग प्रतिस्पर्धा गर्न सकोस् ।

गण्डकी प्रदेश प्राकृतिक रुपमा नै पर्यटकको प्रदेश हो । ५ नम्बर प्रदेशमा पूर्वाधार विकास गरेमा त्यो मक्का मदिना हुन्छ । ६ र ७ प्रदेशले नेपालको मुहार नै फेर्न सक्छ । नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलन कार्यक्रममा व्यवसायी बिनोद चौधरीले व्यक्त गरेको बिचार


क्लिकमान्डु