एन्ड्रोइड वान–पावर्ड एमआई ए३ मोवाइल सार्वजनिक, यस्ता छन् विशेषता



काठमाडौं । शाओमी कम्पनीद्धारा उत्पादित नयाँ स्मार्टफोन एमआई ए३ नेपालमा सार्वजनिक भएको छ । अघिल्लो एमआई ए२ एन्ड्रोइड स्मार्टफोनको सफलता पश्चात यो फोन सार्वजनिक गरिएको हो ।

एमआई ए३मा एमआई ए सिरिजको भन्दा डिजाइनमा केहि परिवर्तन गरिएको छ । यस सेगमेन्टकै उत्कृष्ट मानिएको एमआई ए२ फोनको कार्यात्मक पक्षलाई कायम राखेर एमआइमा नयाँ डिजाइन समावेश गरिएको छ ।

नेपालमा भर्खर सार्वजनिक भएको यो मोवाइलको सुरुवाती मूल्य २३ हजार ९ सय ९९ रुपैंया रहेको छ । यस फोनमा क्वालकम स्न्यापड्रेगन ६६५ चिपसेट, एमोलेड सुपर डिसप्ले, ४०३० एमएएच ब्याट्री, ४८ एमपी ट्रीपल क्यामेरा सेटअप र इन–स्क्रिन फिङगरप्रिन्ट स्क्यानर जस्ता विशेषताहरु रहेका छन् । सबै एमआई ए सिरिज स्मार्टफोन जस्तै एमआई ए३ गुगल एन्ड्रोइड वान प्रोजेक्टद्वारा संचालित हुन्छ र यसमा एन्ड्रोइड ९ पाई पनि छ ।

फ्ल्यागसीप–लेबल ४८ एमपी एआई ट्रीपल क्यामेरा सेटअप

एन्ड्रोइड वानबाट संचालित प्रत्येक ःष् ब् सिरिज उपकरणले स्टीलर क्यामेराको अनुभव प्रदान गर्दछ । ःष् ब्घ मा सोनीको द्धडःए क्ष्ःह्छडट सेन्सर, ८ एमपी अल्ट्रा वाइड र २ एमपी डेप्थ् सेन्सर जस्ता विशेषताहरु रहेको छ । ४८ एमपी ठुलो आधा–इन्च सेन्सरले इमेजको गुणस्तर कायम राखेर अधिकतम विवरण संकलन गर्ने अनुमति प्रदान गर्दछ । क्यामेराको अनुभव अझै बढाउन, एमआई ए३ मा पहिलो पटक एमआई सिरिजमा शाओमीको लोकप्रिय स्टिडी ह्यान्डहेल्ड नाइट फ्रोटोग्राफी मोड राखिएको छ ।

४८ एमपी क्यामेरा बाहेक एमआई ए३ मा ३२ एमपी फ्रन्ट क्यामेरा रहेको छ जुन विश्वकै उच्च मेगापिक्सेल क्यामेरा सेटअपमा गनिन्छ । ३२ एमपी क्यामेरामा सुपर पिक्सेल साइज 1.6μm रहेको छ जसले कम प्रकाशमा पनि क्रिस्प र विस्तृत सेल्फीको अनुमति दिन्छ ।

कन्टेम्प्रोररी डिजाइन

एमआई ए३ मा ए सिरिजको कार्यक्षमतालाई सन्तुलनमा राख्दै नयाँ उच्चस्तरीय डिजाइनलाई मुर्त रुप दिइएको छ । यसमा वान ह्यान्डेड प्रयोग गर्न मिल्ने इर्गोनमिक फर्मका साथ ग्लास स्यान्डवीच डिजाइन जस्ता विशेषता रहेको छ । १५.६ सीएम (६.०८) सुपर ब्ःइीभ्म् डिस्प्ले उच्च पावर दक्षताको इमर्सिभ दृश्यको अनुभव प्रदान गर्दछ । ७ जेनेरेसन इन–स्क्रिन फिंगरप्रिन्ट स्क्यानरले १५% फिंगरप्रिन्ट डिटेक्शन क्षेत्रलाई वृद्धि गरेर अघिल्लो जेनेरेसन भन्दा ३०% बढि प्रभावशाली रहेको छ । ट्रीपल क्र्नीङ गोरिला ग्लास ५ ले एमआई ए३ को फ्रन्ट, रियर र क्यामेरा मुड्युललाई सुरक्षित राख्दछ । यसको कार्यक्षमता न्यानो–लेबल होलोग्राफिक प्याट्रनले पूरक गर्दछ जसले गतिशिल डिजाइन प्रवाह सृजना गर्दछ । यो ३ रंगहरु ९काइन्ड अफ ग्रे, नट जस्ट ब्लु र मोर देन ह्वाइट० मा उपलब्ध रहेको छ ।

  KryoTM कम्प्यूटिङ पेयर्ड विथ एन्ड्रोइड वान

प्रदर्शन र पावर–दक्षताको उत्तम मिश्रणको विरासतलाई अगाडि बढाउँदै एमआई ए३ मा क्वालकम स्न्यापड्रेगन ६६५ मोबाइल प्लाटफर्मलाई एन्ड्रोइड वानसँग जोडिएको छ । अक्टा कोर चिपसेट 6GB LPDDR4X RAM / 128GB of UFS 2.1 storage  सँग जोडिएको छ जसले स्मुथ र तिव्र प्रयोगकर्ता अनुभव प्रदान गर्दछ । एमआई ए३ मा ४०३० एमएएच ब्याट्री सहित १८ वाट्ट फास्ट चार्जिंग र १० वाट्ट चार्जर बक्स रहेको छ ।

एमआई ए३ मा गुगलको आविष्कारलाई शाओमीको हाडवेयरसँग जडान गरिएको छ । यो एन्ड्रोइड ९ पाई अप्रेसटङ सिस्टममा संचालन हुन्छ र गुगल एशिस्टेन्ट, डिजिटल बेलबिंग र एडाप्टीभ ब्याट्री जस्ता विशेषता छ । एमआई ए३को एन्ड्रोइड यूआईले प्रयोगकर्तालाई स्न्यापी र क्लटर फ्री अनुभव प्रदान गर्दछ र यसमा गुगलबाट २ वर्षसम्मको सेक्युरिटी अपडेटमा ग्यारेन्टी र एन्ड्रोइड ओएस अप्ग्रेडमा २ वर्षको ग्यारेन्टी छ ।

एमआई ए३ तीन प्रकारको रंगमा उपलब्ध हुनेछ– काइन्ड अफ ग्रे, नट जस्ट ब्लु र मोर देन ह्वाइट रहेको छ । ४ जीबी प्लस ६४ जीबी भेरियन्ट रु २३९९९ मा र ६ जीबी प्लस १२८ जीबी भेरियन्ट रु २७९९९ मा सेप्टेम्बर ११ तारिकबाट डराज डट कम डट एनपी (Daraz.com.np) र  sastodeal.com मा उपलब्ध हुनेछ । यो सम्पूर्ण अफलाइन स्टोरहरुमा पनि उपलब्ध हुनेछ । सबै एकाईहरुमा बक्स भित्र फ्रि केस पनि उपलब्ध हुनेछ ।


क्लिकमान्डु