ज्याक मा अलिबाबा कम्पनीबाट अलग, कस्ले सम्हाल्छ ४८० विलियन डलरको कम्पनी ?



अलिबाबाका कार्याकारी अध्यक्ष ज्याक मा अलिबाबा कम्पनीबाट अलग भएका छन् । फर्मका लागि युगको अन्त्य भएको भन्दै इकमर्सको बादशाह मानिने ज्याक मा अलिबाबाबाट अलग्गिएका छन् ।

उनले सन १९९९ मा अलिबाबा स्थापना गरेका थिए । अहिले यो फर्म विश्वकै सबैभन्दा ठुलो इन्टरनेट फर्म बनेको छ ।

माको सफल र रंगिन स्टाइलले उनलाई चीनको सबैभन्दा प्रतिष्ठित व्यक्ति बनाएको छ ।

अहिलेका चिफ एक्जिक्युटिभ डेनियल ह्याङले ज्याकमा रहेको कार्यकारी अध्यक्षको पद सम्हाल्ने छन् ।

अलिबाबा कम्पनीको अहिलेको भ्यालु ४ सय ८० विलियन अमेरिकी डलर रहेको छ । ज्याक मा चीनका सबैभन्दा धनी मानिस हुन । फोब्र्सका अनुसार उनको सम्पत्ती ३८.६ विलियन अमेरिकी डलर रहेको छ ।

चीनका इन्टरनेट इन्टरप्रिनियरमध्ये आफ्नो कम्पनीबाट अलग हुनेमा मा पहिले संस्थापक बनेका छन् ।

उनलाई चीनको स्टीभ जब्सका रुपमा समेत चिनिन्छ ।


क्लिकमान्डु