ऋण नतिरेर कालोसूचिमा परेका व्यक्तिले बैंक खाता खोल्न नपाउने, क्रेडिट कार्डको पैसा नतिर्ने कालोसूचिमा



काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट ऋण नतिरेर कर्जा सूचना केन्द्रको कालोसूचिमा परेका व्यक्ति तथा फर्म तथा कम्पनीले अन्य बैंक तथा वित्तीय संस्थामा खाता खोल्न समेत नपाउने भएका छन् ।

राष्ट्र बैैंकको एकीकृत निर्देशिकाले बैंकको निर्देशन बमोजिम कालो सूचीमा समावेश भएका व्यक्ति, फर्म, कम्पनी, संस्थाले बैंक तथा वित्तीय संस्थामा खाता खोल्न नपाउने व्यवस्था गरेको छ ।

साथै कालो सूचीमा रहेको व्यक्ति, फर्म, कम्पनी वा संस्थाको कायम रहेको खातामा रकम जम्मा गर्न बाहेक अन्य बैकिङ्ग कारोबार गर्न नपाइने राष्ट्र बैंकले व्यवस्था गरेको छ ।

तर, दैनिक जीवनयापनको लागि चाहिने आधारभूत आवश्यक खर्चको प्रयोजनको लागि नेपाल सरकारबाट तोकिए बमोजिमको रकमको हदसम्म रकम निकाल्न, नेपाल सरकारलाई बुझाउनु पर्ने कर, शुल्क, दस्तुर आदि तिर्न तथा बैंक वा वित्तीय संस्थाको कर्जा नतिरी कालो सूचीमा समावेश भएका व्यक्ति, फर्म, कम्पनी वा संस्थाले ऋण तिर्ने प्रयोजनको लागि मात्र खाता सञ्चालन गर्न यस व्यवस्थाले बाधा पुगेको मानिने छैन ।

अबदेखि क्रेडिट कार्डको रकम नदिर्ने व्यक्तिलाई बैंक तथा वित्तीय संस्थाले कालोसूचिमा राख्न सक्ने भएका छन् ।

राष्ट्र बैंकले जारीले एकीकृत निर्देशिकाले बैंकबाट क्रेडिट कार्ड लिएर खर्च गरेको ९० दिनसम्म पैसा नतिर्ने व्यक्ति कालोसूचिमा पर्ने भएका हुन् ।


क्लिकमान्डु