अर्थमन्त्री खतिवडाको नीतिमा खनिए अर्बपति सांसद् बिनोद चौधरी



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाको कर नीतिलाई प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद् बिनोद चौधरीले आलोचना गरेका छन् । अर्थमन्त्री खतिवडाले पैत्रिक सम्पत्तिको हस्तान्तरणमा कर लगाउने जानकारी सार्वजनिक रुपमा दिएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै चौधरीले पैत्रिक सम्पत्तिममा कर लगाउने निर्णय कार्यान्वयन गर्दा अर्थतन्त्र मात्रै ननभएर पारिवारिक र सामाजिक क्षेत्रमा विकृति आउने बताए ।
प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै चौधरीले करलाई उत्पादनसँग जोड्न नसके व्यापार प्रतिस्पर्धी बन्न नसक्ने बताए । उनले पैत्रिक सम्पत्तिको हस्तान्तरणमा कर लगाउने निर्णय कार्यान्वयनमा आए गम्भिर खाले बिकृति आउने बताए ।

उनले नेपाल सबैभन्दा बढी ३० प्रतिशत कर लगाउने देश भएको भन्दै यसले लगानीको वातावरण नबन्ने बताए । उनले ७५३ वटा सरकारलाई पैसा चाहिएको भन्दै अर्थमन्त्रीलाई कर लगाउने विधी मात्र चाहिएको बताए ।

उनले औद्योगिक तथा व्यवसायिक वातावरण बनाउन सरकार असफल हुँदै गएको टिप्पणी गरे ।


क्लिकमान्डु