अर्थमन्त्री खतिवडाले भनेः सरकार व्यवसायीको स्लिपिङ पार्टनर होइन



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले सरकार व्यवसायीहरुको स्लिपिङ पार्टनर नभएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा राजस्व चुहावट ऐन २०५२ संसोधन विधेयक पारितको क्रममा सांसद्हरुले सोधेको प्रश्नको जवाफ दिदै अर्थमन्त्री खतिवडाले सरकारले विकास निर्माणको लागि राजस्व उठाउने र व्यवसायीलाई व्यवसाय गर्ने वातावरण बनाउने भन्दै सरकारलाई स्लिपिङ पार्टनरको रुपमा नहेर्न चेतावनी दिए ।

उनले विधेयकमा राजस्व चुहावटमा व्यवसायीसँगै राजस्वका कर्मचारीलाई पनि उत्तिकै जिम्मेवारी बनाइएको बताए ।

नेपाली कांग्रेसका सांसद् भरतकुमार शाहले प्रधानमन्त्री कार्यालय मातहत लगेर व्यवसायीलाई नियन्त्रण गर्न लागेको बताए ।

त्यसको जवाफमा अर्थमन्त्री खतिवडाले एकवर्ष अगाडिदेखि नै राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत लगिएको भन्दै त्यसले राम्रो काम गरेको जानकारी दिए ।


क्लिकमान्डु