अदालतले उठाउन भनेको कर मात्र एनसेलबाट उठाउने हो : अर्थमन्त्री खतिवडा



काठमाडौ । अर्थमन्त्री डा युवराज खतिवडाले सर्बोच्च अदालतले भने अनुसार एनसेलबाट कर उठाइने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा सांसद्ले सोधेको प्रश्नको जवाफ दिदै अर्थमन्त्री खतिवडाले अदालतले भने अनुसार कर असुल हुने जानकारी दिए ।

अदालतले भनेभन्दा बढी कर एनसेलबाट नउठ्न अर्थमन्त्री खतिवडाको भनाई छ ।

सर्बोच्च अदालतले ठूला कर दाता कार्यालयले निर्धारण गरे अनुसारको कर असुली प्रक्रिया निर्धारण नगर्न आदेश दिएको थियो ।


क्लिकमान्डु