नेकपाभित्रै अर्थमन्त्री खतिवडा आलोचित, सार्वजनिक रूपमा भन्न थाले- अर्थमन्त्रीले कर बढाए



काठमाडौँ । सरकारले विभिन्न शीर्षकमा बढाएको करको विषयमा सत्तासिन दल नेकपाका अधिकारीहरु नै असन्तुष्ट बनेका छन् ।

सरकारले बढाएको करले गर्दा स्थानीय तहमा समस्या सृजना भएको उनीहरुको बुझाई छ ।

शुक्रबार एनबीआईले राजधानीमा आयोजना गरेको रेस्पोन्सिबल बिजेनश समिटमा यस्तो प्रदेश १ को राष्ट्रिय योजना आयोगका उपाध्यक्ष सुबोध प्याकुरेलले नै सरकारले बढाएको करको विषयमा विरोध जनाएका हुन । उनले भने ‘प्रदेशभन्दा पहिला स्थानीय तह बनेको र उनीहरुले मनलाग्दी कर उठाएकाले समस्या भएको छ ।’

सडकको दुई पट्टि खाबो गाडेर बिचमा ढाँट तेस्रयापछि कसैले केही गर्न नसक्ने अवस्था आएको उनको तर्क छ ।

उनले भने ‘बिचमा ढाँट तेस्रयाएपछि कसैको केही लाग्दैन, जताततै कर उठाउन पाइएको छ, अहिले त स्थानीय तहमा जसले हान्यो उसैले जान्यो जस्तै भएको छ ।’ अहिले १ नम्बर प्रदेशमा सबै भन्दा बढी पिडामा कवाडीवाला भएको उनको भनाई छ ।

उनले भने ‘कवाडीवालालाई पनि जहाँ भेट्यो त्यहाँ कर लिइएको छ, स्थानीय तहले लिन मिल्ने जति कतै पनि नछोडी कर लिएका छन् ।’

उनले आफ्नो प्रदेशले पुस २५ मा लगानी सम्मेलन गर्न जागेको पनि जानकारी गराए । त्यसको लागि आफुले धेरै नै योजना लिएर आएको जानकारी गराए ।

उनले भने,‘लगानी गर्नेहरुको लागि १ नम्बर प्रदेश भर्जिन छ, यहाँ आवश्यकता अनुसार लगानी गर्न सकिन्छ, यो प्रदेशमा लगानीको धेरै नै सम्भावना धेरै छ, तै पनि प्रदेशको अधिकार प्रष्ट नहुँदा, रिसोर्स चाँही केन्दमा मात्रै हुँदा काम गर्न समस्या भएको छ ।’

अर्थमन्त्री खतिवडाले ल्याएको बजेटमा यो पटकदेखि कवडी व्यवसायलाई समेत मूल्य अभिबृद्धि करको दायरामा ल्याएमा छन् ।


क्लिकमान्डु