दीगो विकासका लागि निजी क्षेत्रले ५० प्रतिशत योगदान गर्नुपर्छ: अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राज्यले स्वास्थ्य बीमा सुरु गरेपनि निजी क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका छन् ।

शुक्रबार एनबीआईले राजधानीमा आयोजना गरेको रेस्पन्सिबल बिजेनश समिटमा यस्तो बताएका हुन् ।

उनले अब हरेक क्षेत्रमा निजी क्षेत्रको भूमिका समान रुपमा आवश्यक रहेको बताए ।

मन्त्री खतिवडाले श्रम बजार समान होस भनेर सरकारले क्षमता विकासका काममा लाग्ने बताए । यो भएको खण्डमा कार्यस्थलमा समान व्यवहार हुने बताए ।

अनौपचारिक रुपमा रहेको श्रम बजारलाई औपचारिक रुपमा लैजान आवश्यक रहेको बताए । यसलाई सबैलाई पारदर्शी बन्न प्रेरित गर्ने जानकारी गराए । सबै पारदर्शी भएको खण्डमा कर पनि सोहि रुपमा उठने उनको भनाइ छ ।

अहिले मानिसभन्दा मेसिन लगाउँदा कम लागत हुने भएकाले मेसिनमा दौडी रहेको भन्दै वातावरणीय मूल्याङकन नगरी विकास निर्माणमा दौडन नहुने तर्क गरे ।

सरकारले नविकरणीय उर्जालाई प्राथमिकता राखेको पनि जानकारी गराए । उर्जा क्षेत्रमा दीगोपना नभएर पनि अनुदान हटाउनु परेको तर्क गरे । अब नविकरणीय उर्जाको पालो भएको मन्त्रीको भनाइ छ ।

मन्त्री खतिवडाले मुलुक दीगो विकासको लक्ष्यमा पुग्नका लागि ५० प्रतिशत निजी क्षेत्रले लगानी गर्नुपर्ने बताए । पुँजी निर्माणमा पनि २ तिहाइ भन्दा बढी योगदान रहेकोमा प्रशंसा गरे ।

सरकारले निजी क्षेत्रलाई दीगो विकासको अभिन्न अंग मानिरहँदा धेरै काम गर्नुपर्ने बताए । नियामक भएको हुनाले कानून पारदर्शी बनाउने, आफूले उठाएको करमा जवाफदेशी हुने तर्क गरे ।

सरकारले उठाएको कर कसरी खर्च गर्छौ भनेर सबैले जान्ने अवस्था रहेको बताए । अब कानूनले नै बाँधिसकेको भन्दै यसमा कुनै चुहावट नहुने तर्क गरे ।

उनले भने, ‘अब निजी क्षेत्र पनि आफ्नो क्षेत्रमा जवाफदेही रहोस भन्ने सरकारको अपेक्षा छ, त्यसका लागि विवरणहरु पनि पारदर्शी रुपमा हुनु पर्यो ।’

विवरण समयमा नै सूचिकृत गर्ने गरेको खण्डमा, सेयर लगानीकर्ताले पाउने जानकारी, सबैले थाहा पाउन, यो भयो भने जिम्मेवार भइन्छ ।’
उनले सामाजिक सुरक्षामा पछि नपर्न सबैलाई आग्रह गरेका छन् । सामाजिक सुरक्षाबाट बाहिर जानको लागि नेपाली कामदारलाई काम नदिने र विदेशीलाई काम दिने वातावरण नबनाउन आग्रह गरे ।

सरकार पछि नफर्कने भन्दै व्यवसायीलाई पनि सोहि रुपमा अघि बढन आग्रह गरे ।


क्लिकमान्डु