घुस लिने डोराध्यक्षहरु केन्द्रबाट वडामा पुगे, विकासले गति लिएनः स्वर्णिम वाग्ले



काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेले नेपालमा सरकार स्थिर भएपनि काम त्यो अनुसार हुन नसकेको बताएका छन् । एनबीआईले राजधानीमा आयोजना गरेको रेस्पन्सिबल बिजेनश समिटमा यस्तो बताएका हुन।

उनले भने, ‘सरकारले केही राम्रो काम गरेको होला तर त्यसको व्यवहारमा भने अपेक्षाकृत रुपमा देख्न सकिएको छैन ।’

नेपालमा लगानीका लागि भन्दै लगानी सम्मेलन भएपनि त्यसको अपेक्षा अनुसार परिणाम देखिन नसकेको उनको तर्क छ ।

स्थायी सरकार आएपछि जुन रुपमा जानु पर्ने हो त्यो भन्दा पनि पुरानै शैलीमा अघि बढ्दा समस्या सिर्जना भएको उनको तर्क छ । उनले भने, ‘अब हामी भूपरिवेस्ठित देशबाट पनि १ कदम अघि बढन आवश्यक छ ।’

कार्यक्रममा उनले केन्द्रमा देखिएको विकृती स्थानीयमा तहमा नै देखिन थालेको तर्क गरे ।

उनले भने, ‘पहिला केन्द्रमा बढी घुस लिने थिए, अहिले घुस लिनेदेखि वडाबाट डोजारध्यक्ष पनि स्थानिय तहमा पुगेका छन् ।’

अहिले सबैले विकासको मोडल बाटोलाई नै देखेको भन्दै बाटोले नै विकास हुने भए तराईका धेरै जिल्लामा बढी विकास हुनुपर्ने उनको दाबी छ ।

सरकारले अहिले विलासी सामानमा कर बढाउनु ठीकै भएपनि निर्यात कम हुनुले अर्थतन्त्रमा निकै चुनौती थपिएको उनको बुझाइ छ ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघ प्रदेश ३ को संयोजक दिनेश श्रेष्ठले नेपालमा काम गरेर खाने वातावरण नभएको प्रति दुःख व्यक्त गरेका छन् ।

उनले नेपालमा अहिले कामै नगरी खानेको समय रहेको भन्दै उद्योगीले पाएको दुःखमा कसैले पनि चासो नदिएको बताए । उनले भने, ‘उद्योगीले बिना तनाब काम गर्न पाउने हो भने सरकारले भनेको जस्तो ५ लाख रोजगारी सिर्जना गर्न कुनै समस्या छैन ।

कार्यक्रममा उनले नेपालमा पर्यटन क्षेत्रमा लगानि बढाउन सके आम्दानी बढने र रोजगारी सिर्जना गर्न सक्ने तर्क गरे ।

उनले भने, ‘नेपालमा अहिले धेरै पर्यटक आएपनि तनाव छ, थोरै आएपनि तनाव छ, अब तनावको वातावरण बन्नु भएन, अबको दिनमा सरकारले शिक्षा, स्वास्थ, सेवा क्षेत्रमा पनि लाग्नु पर्छ ।

उद्योगीलाई कामदारको अभावले समस्या सृजना गरेको उनको बुझाइ छ । उनले भने, ‘अहिले छिमेकी विदेश गयो भने विदेश जाने प्रचलन बढेको छ, यो अन्त्य गर्न आवश्यक छ, यो भएन भने नेपालमा कामदार पाउन निकै कठिन छ ।’

सरकारले करको दर धेरै बढाएको उनको चिन्ता छ । उनले भने, ‘पहिला पहिला कर रहरले तिर्ने भन्ने थियो, अहिले रहरले होइन करले तिर्नुपर्ने बाध्यता छ, तीनै तहमा कसरी तिर्ने कर । हरेक विषयमा कर लागेको छ । जनताले कर रहरले तिरे उद्योगीले कर तिर्ने थिए ।’

नेपालमा लगानी सुरक्षित हुने कानुन नबनेको भन्दै अब लगानी सुनिश्चित हुने कानून आवश्यक रहेको बताए ।

कार्यक्रममा प्राध्यापक डा. हरिवंश झाले २ नम्बर प्रदेशमा भारतीय, चिनियाँ लगानिकर्ता लगानी गर्न आएको बताए ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरमा आएपछि भारतीय पर्यटक निकै बढेको जानकारी गराए । उनले भने, ‘अहिले रामायण सर्किट सुरु आएको छ, भारतमा पनि यसको ठूलो चर्चा छ, यसले नेपाललाई धेरै नै फाइदा पुर्याउने छ ।’

उद्योगमा काम गर्ने कादारलाई सीप विकास कम भएको उनको भनाइ छ । कामदारको सीप विकास गर्न विदेश कामदार भएको उद्योगमा तालिम दिने तयारी रहेको बताए । सीप विकासको लागि २० करोड सरकारले छुट्याइएको जानकारी गराए ।

प्रदेश १ को योजना आयोगका उपाध्यक्ष सुबोध प्याकुरेलले ठूला नेताको प्रदेश परेकोले काम गर्न समस्या नरहेको बताए ।

अमेरिकाबाट आएका वैज्ञानिकले विराटनगरको ३८ डिग्रीमा स्टबेरी फलाएको समेत उल्लेख गरे ।

पुस २५ मा लगानी सम्मेलन हुन लागेको जनकारी गराउँदै यो प्रदेश लगानीको लागि भर्जिन प्रदेश रहेको उल्लेख गरे ।

उनले भने ‘यो प्रदेशमा लगानीको धेरै नै सम्भावना धेरै छ, तै पनि प्रदेशको अधिकार प्रष्ट नहुँदा, रिसोर्स केन्दमा मात्रै हुँदा काम गर्न समस्या भएको बताए । प्रदेशभन्दा पहिला स्थानीय तह बनेको र उनीहरुले मनलाग्दी कर उठाएकाले समस्या भएको उनको तर्क छ ।


क्लिकमान्डु