नेशनल लाइफ इन्स्योरेन्सले १२ प्रतिशत नगद तथा २.५ प्रतिशत बोनस सेयर दिने

क्लिकमान्डु २०७६ भदौ २० गते ११:३४ मा प्रकाशित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर तथा २.५ प्रतिशत बोनस सेयर दिने भएको छ ।

कम्पनीको संचालक समितिको बैठकले सेयरधनीलाई कुल १४.५ प्रतिशत लाभांशको प्रस्ताव गरेको हो ।

बोनस सेयरमा लाग्ने करको समेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ८ करोड हुने छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स