सिटिजन लाइफको बीमा शुल्क इ–सेवाबाट तिर्न सकिने



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नेपालको अनलाईन पेमेन्ट सिस्टम ई–सेवासँग साझेदारी गरेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल तथा प्रमुख संचालन अधिकृत दशरथमनि खड्का र ई–सेवाका कार्यकारी अधिकृत सुभाष सापकोटाले सहमति पत्रमा हस्ताक्षर गरेका हुन ।

उक्त साझेदारीले ई–सेवा अनलाईन पेमेन्ट मार्फत बीमाशुल्क भुक्तानीका लागी सहज र सरल भएको र सिटिजन लाइफका उपभोक्ताहरुलाई थप नयाँ सुविधा प्रदान गर्ने विश्वास कम्पनीले गरेको छ ।


क्लिकमान्डु