नेपालीले वर्षदिनमा ३ अर्बको विदेशी चुरोट, सुर्ती, खैनी, गुट्खा र हुक्का खाए



काठमाडौं । नेपालमा १ वर्षको अवधिमा विदेशबाट मात्रै झन्डै ३ अर्ब रुपैयाँ बराबरको खैनी, सुर्ती, चुरोट, हुक्का, तम्बाखु, सिगार र गुट्खा आयात भएको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ मा विभिन्न मुलुकबाट २ अर्ब ८९ करोड ६८ लाख ९९ हजार ३८५ रुपैयाँको सुर्ती, चुरोट, हुक्का र गुट्खा आयात भएको छ ।

नेपालमा सुर्ती, चुरोट, हुक्का र गुट्खा अमेरीका, चीन, भारत, इन्डोनेसिया, फिलिपिन्स, जापान, यूएई, सिंगापुरलगायतका देशहरुबाट आयात हुने गरेको छ ।

जसमा गत आर्थिक वर्ष सबैभन्दा २ अर्ब ८० करोड ७४ लाख ५० हजार ७४७ रुपैयाँको सुर्ती, चुरोट, हुक्का र गुट्खा भारतबाट आयात भएको छ, भने बाँकी ९ करोड ९४ लाख ४८ हजार ६३८ रुपैयाँको सुर्ती, चुरोट, हुक्का र गुट्खा अन्य देशबाट आयात भएको छ ।

आयातित सुर्ती, चुरोट, हुक्का र गुट्खामा भारतबाट २ अर्ब ३५ करोड १ लाख ११ हजार १७२ रुपैयाँको ५५ लाख ८२ हजार ९४९ केजी कच्चा सुर्ती आयात गरिएको छ ।

गत आर्थिक वर्षमा फिल्टर जडान भएका चुरोट ४ करोड ७२ लाख ९१ हजार १ सय वटा आयात भएका छन् । जसमा इन्डोनेसियाबाट ७ करोड ३४ लाख ५९ हजार ९५८ रुपैयाँको फिल्टर गरिएका चुरोट ४ करोड ७१ लाख ६० हजार वटा चुरोट आयात भएका छन् ।

त्यस्तै, जापानबाट २ हजार ३०५ रुपैयाँका ३०० थान, सिंगापुरबाट १२ हजार १२६ रुपैयाँ बराबरको २०० थान र अन्य मुलकबाट ११ लाख ३८ हजार ४१२ रुपैयाँ बराबरको १ लाख ३० हजार ४१२ थान फिल्टर जडान गरिएका चुरोट आयात भएका छन् ।

तम्बाखु र सिगार भने १३ हजार ६५ रुपैयाँको ५१ थान आयात गरिएको छ । जसमा चाइना पीआरबाट ११ हजार ६४१ रुपैयाँको ५० थान तम्बाखु र सिगार आयात भएको छ भने क्रोएसियाबाट १ हजार ४२४ रुपैयाँको १ थान सिगार आयात गरिएको छ ।

यसैगरी व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार हुक्का २२ लाख २ हजार २५६ रुपैयाँको ११ हजार १५५ थान आयात भएको देखिन्छ । जसमा ८ लाख ९४ हजार ४४७ रुपैयाँको ७ हाजार ९६४ थान चाइना पिआरबाट र १३ लाख ६७ हजार ८०९ रुपैयाँको ३ हजार १९१ थान हुक्का भारतबाट आयात भएको हो ।

गत आर्थिक वर्षमा फिलिपिन्सबाट ६१ लाख ६५ हजार १२८ रुपैयाँको ५ हजार ४३९ केजी चुरोट र बिँडीका लागि कच्चा पदार्थ आयात भएको छ ।

त्यस्तै जर्दा, खैनी, सुर्ती, गुट्खा जस्ता वस्तुहरु २ करोड ५४ लाख १८ हजार १२९ रुपैयाँको ६० हजार ५७१ केजी आयात भएको छ ।

जसमा २९ लाख १२ हजार ३०५ रुपैयाँको ८ हजार १५४ केजी युएईबाट र २ करोड २५ लाख ५ हजार ८२४ रुपैयाँको ५२ हजार ४१७ केजी चुरोट र बिँडीका लागि कच्चा पदार्थ आयात भएको हो ।

त्यस्तै, चुरोट जन्य धूमपानका वस्तुहरु उत्पादनका लागि ४२ करोड ६१ लाख १५ हजार ३१५ रुपैयाँको १८ लाख ४९ हजार ३३० केजी कच्चा पर्दाथ आयात भारतबाट भएको छ । साथै ८० लाख २४ हजार ७८८ रुपैयाँको ८ हजार ९५९ केजी म्यानुफ्याक्रेट सुर्ती अमेरिका, भारत र युएईबाट आयात गरिएको छ ।


क्लिकमान्डु