कुमारीपाटीमा बाजेको सेकुवा



काठमाडौं । ललितपुरको कुमारीपाटीमा लोकप्रिय नेपाली ब्राण्ड ‘बाजेको सेकुवा’ले शाखा विस्तार गरेको छ । बुधबार एक कार्यक्रम गरी शाखाको उद्घाटन गरियो ।

सेकुवा पारखीहरुलाई मौलिक नेपाली स्वाद पस्कँदै आएको स्वदेशी लोकप्रिय रेष्टुराँ सञ्जाल बाजेको सेकुवाले सञ्जाल विस्तारलाई आक्रमक रुपमा अघि बढाउँदैं आएको छ ।

उक्त फ्रेञ्चाइजमा प्रकाशचन्द्र श्रेष्ठ, रोजित श्रेष्ठ, गोपाल तामाङ र माइतवर गुरुङको संयुक्त लगानी रहेको छ । मूख्य व्यापारिक सहरमा बढ्दो उपभोग संस्कृतिलाई लक्षित गर्दै बाजेको भेञ्चर प्रालिले फ्रेञ्चाइज मोडलमा रेष्टुराँ सञ्जाल विस्तारलाई गती दिएको हो ।

बाजेको सेकुवा ब्राण्डमा नेपालभित्र जनकपुर, नेपालगञ्ज, वीरगञ्ज र नेपाल बाहिर अमेरिकाका केही, अष्ट्रेलिया र बेलायतमा समेत आगामी २ वर्षभित्र रेष्टुराँ सञ्जाल विस्तार गर्ने कम्पनीको योजना छ ।

विराटनगर र मुग्लिनमा शाखा विस्तार गर्नका लागि योजना बनाइरहेको छ ।

उपत्यका बाहिर पोखरा, भरतपुर र बुटवलमा फ्रेञ्चचाइज मोडलमा रेष्टुराँ सञ्चालन भइरहेको छ भने अमेरिकाको न्यूयोर्कमा पनि बाजेको सेकुवा हिमालयन ग्रिल भनेर फ्रेञ्चाइज सञ्चालनमा छ । यसैगरी अमेरिकाका लागि डालासका लागि फ्रेञ्जाइज सम्झौता अन्तिम चरणमा पुगेको छ ।

एउटा रेष्टुराँ सञ्चालनका लागि ५० लाखदेखि ८० लाख रुपैयाँसम्म प्रारम्भिक लगानी आवश्यक पर्छ । नयाँ खुल्ने बाजेको सेकुवा रेष्टुराँमा कम्तीमा २० जनाले प्रत्यक्ष रोजगारीको अवसर समेत पाउँछन् ।

बाजेको सेकुवा ब्राण्डमा रेष्टुराँ सञ्चालन गर्न चाहने इच्छुक लगानीकर्ताको पहिचान र फ्रेञ्चाइज सम्झौता गर्ने काम बाजेको भेञ्चर प्रालि कम्पनीले गर्दै आएको छ ।

यो कम्पनीले कुनै पनि शहरमा रेष्टुराँ सञ्चालनमा ल्याउनु अघि स्थानीय बजारमा उपभोक्तको खर्च गर्ने प्रवृति, स्थानीय रेष्टुराँको मेन्यूलगायतका आधारमा रेष्टुराँ सञ्चालनको सम्भाव्यता अध्ययन गरेर सम्भावना रहेको ठाउँमा मात्रै सञ्चाल विस्तारलाई प्राथमिकतामा पार्ने गरेको छ ।

फ्रेञ्चाइज मोडलको रेष्टुराँमा बाजेको भेञ्चर प्रालिको सर्तका अधिनमा रहेर तोकिएको दस्तुर र मासिक व्यापारको केही प्रतिशत रोयल्टी तिर्ने सहमतिमा बाजेको सेकुवा ब्राण्डको रेष्टुराँ सञ्चालनको स्वीकृति दिन गरेको छ ।

काठमाडौंको सिनामंगलमा ४ दशक अघि सुरु भएको बाजेको सेकुवा अन्तर्गत अहिले उपत्यका बाहिर ३ वटा आउटलेट सहित ११ वटा रेष्टुराँ सञ्चालनमा छन् ।
योमध्ये अनामनगर, सोह्रखुट्टे, गौरीधारा र बत्तिसपुतलीमा सबै लगानी कम्पनीका प्रबन्धकको आफ्नै छ भने बाँकीमा फ्रेञ्चाइज हुन ।


क्लिकमान्डु