युनाईटेड ईन्स्योरेन्सको अध्यक्षबाट उदयकृष्ण बाहिरिए, अध्यक्षको जिम्मा भरतबहादुर कार्कीलाई



काठमाडौं । युनाइटेड इन्स्योरेन्सको अध्यक्ष पदबाट उदयकृष्ण उपाध्याय बाहिरिएका छन् ।

कम्पनीको संस्थापक सेयरधनी संस्थापक शेयरधनी एनई गु्रप प्रालिका तर्फबाट उदयकृष्ण उपाध्यायले प्रतिनिधित्व गरेकोमा एनई ग्रुुप प्रालिको पत्र अनुसार भरतबहादुर कार्की सञ्चालक पदमा नियुक्त भएका छन् ।

सन्चालक समितिको बैठकले कार्कीलाई अध्यक्ष पदमा चयन गरेको छ । कार्कीले बीमा समितिबाट सपथ समेत लिएर पदभार समालेका छन् ।


क्लिकमान्डु