नाडा अटो शोमा टाटा मोटर्सले ल्यायो र्याभ फो हाइब्रीड, क्याम्री हाइब्रिड र र्याभ फो ग्यासोलिन



काठमाडौं । नेपालका लागि टोयोटा मोटर्सको एकमात्र आधिकारिक डिस्ट्रिब्यूटर युनाइटेड ट्रेडर्स सिन्डिकेटले नाडा अटो शो २०१९ मा २ वटा हाइब्रिड मोडलहरु र्याभ फो हाइब्रिड र क्याम्री हाइब्रिडका साथ र्याभ फो ग्यासोलिन लञ्च गरेको छ ।

नाडा अटोमोबाइल असोसिएसन र ग्लोबल एक्स्पोजिसन एन्ड म्यानेजमेन्टद्वारा सञ्चालित यस अटो शो अगस्ट २७ देखि राजधानीको भृकुटिमण्डपमा सुरु भएको छ ।

टोयोटा हाइब्रिडका सवारीहरु लञ्च गर्ने पहिलो अटोमोबाइल यो कम्पनी हो ।

२ वटा पावर ट्रेन इन्टर्नल कम्बस्टन इञ्जिन र इलेक्ट्रिक मोटरको सम्मिश्रण भएको हाइब्रीडले अधिकतम शक्ती दिनुका साथै न्यूनतम फ्युलको प्रयोजन गरी थोरै धुँवा इमिसन गर्छ ।

हाइब्रिड साइनर्जी ड्राइभ टेक्नोलोजी भएको यस सवारीमा स्वचालित रुपमा ग्यास र इलेक्ट्रिक पावर समयअनुसार बदल्ने काम गर्छ । इन्टर्नल कमबस्टन इन्जिन र रिजेनेरेटिभ ब्रेकिङको सहायतामा चार्ज हुने यस सवारीको ब्याट्री लाइफ १५ वर्ष छ ।

हाइब्रिडका गाडीहरुमा ३ थप मोडहरु उपलब्ध छन् । सइभी मोड जसमा ब्याट्री मात्र खपत भइ शुन्य इमिसन हुन्छ । इको मोडले एरसी आउटपुट कम गरी थ्रोटल गतीवद्रघन प्रतिक्रिया सीमित गर्दछ भने स्पोर्ट मोडले हाइब्रिड ब्याट्रीको सहायतामा गतीवद्रघन बूस्ट गरी पेट्रोल इन्जिनलाई मद्दत गर्छ ।

नयाँ र्याभ फो हाइब्रीडको चाखलाग्दो विशेषतानै साधारण ड्राइभिङमा यस सवारीले २४ कि.मि. प्रती लिटर माइलेज दिन्छ । ८ वटा एयर ब्याग भएको यस सवारीमा ३ वटा ड्राइभिङ मोड स इ.को. मोड , स्पोर्ट मोड र इ.भी. मोडहरु रहेका छन् ।

ब्याट्रीका लागि प्लगड ( इन आवश्यकता नभएको यस सवारीमा भेइकल इस्ट्याबिलिटी कन्ट्रोल (भीयससी), ट्र्याक्सन कन्ट्रोल सिस्टम ( टीआरसी )का साथ, अञ्टिलक ब्रेकिङ सिस्टम ( एबीअयस), इमेर्जेन्सी सिग्नल सिस्टम ( इअयस अयस ) का साथ हुनुका साथै हिल स्टार्ट असिस्ट कन्ट्रोल ( याचएसि)को प्रबन्ध पनि रहेको छ ।

बजारमा यस सवारीको मूल्य १ करोड ३४ लाख रुपैँया छ ।

यसैगरी नयाँ क्याम्री हाइब्रीडको विशेषता भनेको साधारण ड्राइभिङमा यस सवारीले २३ किमि प्रती लिटर माइलेज दिन्छ । ९ वटा एयर ब्याग भएको यस सवारीमा पनि ३ वटा ड्राइभिङ मोड स इ.को. मोड , स्पोर्ट मोड र इ.भी. मोडहरु छन् ।

ब्याट्रीको लागि प्लगड (इन आवश्यकता नभएको यस सवारीमा भेइकल इस्ट्याबिलिटी कन्ट्रोल (भीयससी), ट्र्याक्सन कन्ट्रोल सिस्टम ( टीआरसी)का साथ, अञ्टिलक ब्रेकिङ सिस्टम ( एबीअय्स), इमेर्जेन्सी सिग्नल सिस्टम ( इअय्सअय्स) का साथ उपलब्ध छ । बजारमा यस सवारीको मुल्य रु. १ करोड ३१ लाख रुैँया छ ।


क्लिकमान्डु