टेलिकमले ल्यायो सस्तो दरमा इन्टरनेट सेवा, ३ पैसामै एक एमबी डाटा



काठमाडौं । नेपाल टेलिकमले निकै सहुलियत दरमा ग्राहकहरुलाई इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ । दैनिक रुपमा प्रयोग गर्न सकिने गरी कम्पनीले ‘प्रतिदिन १ जीबी डाटा’ प्याकेज योजना अन्तर्गत सस्तो दरमा इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको हो ।

कुनै अत्यावश्यक काम पर्यो वा कतै कुरेर बस्नुपर्दा इन्टरनेटको प्रयोग गर्नुपर्यो भने तत्काल यो सुविधा प्रयोगमा ल्याउन सकिने टेलिकमले जानकारी दिएको छ । यसका लागि कम्पनीले २४ घण्टा अर्थात एकदिन प्रयोग गर्न सकिने गरी छुट योजना निरन्तर कार्यान्वयनमा छ ।

यो सुविधा लिनका लागि अंग्रेजीमा वानडीवानजी लेखेर १४१५ मा सन्देश पठाउनु पर्दछ । सुविधा लिइसकेपछि २४ घण्टासम्म प्रयोग गर्न सकिने गरी जम्मा १ जीबी डाटा चलाउन सकिने छ ।

यसका लागि जम्मा ४५ रुपैयाँ करसहित शुल्क लाग्दछ । यस छुट योजनामा प्रति एमबी करसहित ४.५ पैसा लाग्दछ ।

यसैगरी कम्पनीले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी सात दिनका लागि जम्मा २ सय ५० रुपैयाँमा ७ जीबी डाटा योजना पनि उपलब्ध गराइरहेको छ ।

यो सेवा हासिल गर्न ७डी८जी लेखेर १४१५ मा सन्देश पठाउनु पर्दछ । यसमा ७ दिनसम्म प्रतिदिन १ जीबीका दरले डाटा प्रयोग गर्न सकिन्छ । यस प्याकेजमा प्रति एमबी करसहित ३.५ पैसा मात्र लाग्दछ ।

नेपाल टेलिकमको सबैभन्दा सस्तो दरको इन्टरनेट सेवा प्रयोग गर्नका लागि २८ जीबीको सुविधा लिन सकिन्छ । यस प्याकेजमा जम्मा ८ सय ५० रुपैयाँले २८ दिनसम्म २८ जीबी डाटा चलाउन पाइन्छ ।

यो सुविधा प्रयोग गर्नका निम्ति २८डी२८जी लेखेर १४१५ मा सन्देश पठाउनु पर्दछ । यो सेवा दैनिक १ जिबीका दरले २८ दिनसम्म प्रयोग गर्न सकिन्छ । यो प्याकेज प्रयोग गर्दा इन्टरनेटको मूल्य प्रति एमबी करसहित जम्मा ३ पैसा मात्र पर्दछ ।

नेपाल टेलिकमको वेबसाइट जततउकस्ररधधध।लतअ।लभत।लउरउबनभकरखष्भधरबितभकतयााभचक मार्फत यस सम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ । कम्पनीको एप ल्भउब ित्भभिअयm बाट पनि यस सम्बन्धी जानकारी प्राप्त गर्न र प्याकेज खरिद गर्न सकिनेछ ।


क्लिकमान्डु