आईएमएस मोटर्सले ल्यायो ६ मोडेलका गाडी, ग्यालेक्सी नोट- १० सँगै यस्ता छन् अरु अफर



काठमाडौं । राजधानीमा सुरु नाडा अटो शो प्रदर्शनी २०१९ मा सस्याङ योङ मोटर्सको आधिकारिक बिक्रेता आईएमएस मोटर्सले विभिन्न ६ वटा मोडेलमा कोरियन लग्जरी एसयूभी प्रदर्शनीमा राखेको छ ।

कम्पनीका अनुसार रेक्सटोन, कोरन्डो, टिभोली, एक्सएलभी र एक्योन स्पोर्टस र पछिल्लो समय आएको एसयूटी मुस्सो मोडेल प्रदर्शनीमा राखिएको छ ।

यो अफर अन्तर्गत कम्पनीले ग्राहकरुलाई अत्यधिक छुट दिने भएको जनाएको छ ।

कोरियन लग्जरी एसयूभीएसका कारण सस्याङ योङ खरिदमा कम्पनीले सामसुङ ब्राण्डको नयाँ मोबाइल ग्यालेक्सी नोट १० उपहारको अफर पनि ल्याएको छ ।

त्यस्तै, रेक्टोन, कोरन्डो, टिभोली, एक्सएलभी र एक्टयोन स्पोर्टस मोडलको गाडी खरिदमा पनि यो अफर लागू गरिएको छ ।

कम्पनीले ग्राहकलाई पुराना गाडी साटी नयाँ गाडी खरिदका लागि समेत अफर दिएको छ । त्यस्ता ग्राहकलाई बेस्ट स्पट एक्सचेञ्ज अफरको सुविधा दिने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले त्यसबाहेक १ वर्षको बीमा, १ वर्षको सवारी कर, ५ वर्षको निःशुल्क सर्भिसिङ, वर्षको वारेन्टी, मासिक सरल किस्ता, उचित ब्याजदर, २५ हजार रुपैयाँसम्मको एसेसेरिज जस्ता सेवा समेत उपलब्ध गराउनेछ ।

त्यस्तै, नाडामा लञ्च हुनगइरहेको मुस्सो ग्राण्डमा सस्याङ योङको नयाँ एसयूटीको सुरुवाती मूल्य ७३ लाख ९९ हजार छ ।

साथै ५ वर्षे निःशुल्क सर्भिस, निःशुल्क बीमा र २५ हजार रुपैयाँ बराबरको एसेसेरिज प्रदानगर्ने छ ।

सस्याङ योङ दक्षिण कोरियाको चौथौ ठूलो गाडी उत्पाद गर्ने कम्पनी हो । सन् १९५४ देखि सुरुवात गरिएको यस कम्पनीको गाडीहरु आफ्नो आधुनिक स्टाईल अनि उत्कृष्ट प्रदर्शनको लागि परिचित छन् ।

जसको मूल कारण कम्पनीका दक्ष ईन्जिनियरहरु हुन् । कम्पनीका अन्य मोडेलमा जस्तै एसयूभीएस, पिकअप ट्रक र एमपीभीएस छन् ।


क्लिकमान्डु