प्रचण्डका घरवेटी सहित १८ ठेकेदार कम्पनीलाई तत्काल काम सम्पन्न गर्न निर्देशन



काठमाडौं । सरकारले लिएको जिम्मेवारी समयमा पूरा नगरेको भन्दै १८ ठेकेदार कम्पनीलाई तत्काल काम सम्पन्न गर्न निर्देशन दिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको सडक विभाग संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले ती ठेकेदार कम्पनीलाई तत्काल काम सम्पन्न गर्न निर्देशन दिएको हो ।

तोकिएको समयमा काम सम्पन्न नगरे ठेक्का सर्त बमोजिम उनीहरुलार्ई कानूनी दायरामा ल्याइने विभागको भनाइ छ ।

विभागका अनुसार तोकिएको जिम्मेवारी पूरा नगर्नेमा नेकपा अध्यक्ष प्रचण्डका घरवेटी समेत रहेका शैलुङ कन्स्ट्रक्सनका मालिक शारदा अधिकारीले जिम्मा लिएको आयोजना समेत रहेको छ ।

विभागले दिवा शैलुङ जेभी, स्वच्छन्द पञ्चकन्या जेभी, बीटी अजम्बरी जेभी, विरुवा कन्स्ट्रक्सन प्रालि, तुदी प्रेरा जेभी, जयबाबा जेभी, भण्डारी बिल्ठर्स, कामाख्या धिताल जेभी, आशीष सीएभ जयबाबा जेभी, दि आनन्द प्रालि, शिरुवा कन्स्ट्रक्सन प्रालि, सुनौला खिम्ती रफिना जेभी, सीआईपीईएल शैलुङ जेभी, मोतीदान दि कञ्चनजंगा जेभी, महालक्ष्मी वल्र्ड वाइड भण्डार थोडुङ जेभी, गजुरमूखी मोतिदान बानियाँ जेभी, मृत सञ्जिवनी वाइवा एण्ड लामा जेभी, कान्छाराम सुनकोसी जेभी छन् ।

उनीहरुले सडक पुर्ननिर्माण तथा सुधार कार्यका लागि लिएको कामको सन्तोषजनक परिणाम नदेखिएको पाइएकाले तत्काल काम सम्पन्न गर्न र तोकिएको समयमा पूरा नगरे कानून अनुसार कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

उनीहरुलाई कार्यप्रगतिमा सुधार नभएको र पेश गरेको कागजात समेत प्रभावकारी समेत नदेखिएकाले किन त्यसो भएको हो गम्भीरतापूर्वक मनन गरी कानून अनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।


क्लिकमान्डु