सिभिल बैंकद्वारा स्वास्थ्य बीमाको दाबी रकम भुक्तानी



काठमाडौं । सिभिल बैंकले ग्राहकलाई स्वास्थ्य बीमा अन्तर्गत ५५ हजार ६६४ रुपैयाँ चेकमार्फत भुक्तानी गरेको छ ।

बैंकले विर्तामोड शाखामा ‘सम्मान बचत खाता’ खोलेका हलेसी टे«डलिंकका कर्मचारी होमकर्ण महराको स्वास्थ्य बीमा अन्तर्गत उक्त रकम भुक्तानी गरेको हो ।

बैंकले केही महिना अगाडि ल्याएको ‘सम्मान बचत खाता’मा आकर्षक ब्याजका साथै औषोधपचार खर्चमा १ लाख रुपैयाँसम्म र दुर्घटनामा मृत्यु भएमा ७ लाख रुपैयाँसम्मको बीमा सुबिधा प्रदान गरिएको थियो । जसका लागि निश्चित रकम खातामा राख्नैपर्ने भन्ने बाध्यता छैन् ।

सिभिल बैंकले आधुनिक प्रविधियुक्त बैंकिङ सेवा तथा सुविधामा विशेष ध्यान दिँदै ग्राहकसेवालाई निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ ।

हालसम्म बैंकले ९६ शाखामार्पmत सेवा प्रदान गरिरहेको छ ।


क्लिकमान्डु