फेकनले फुटसल टुर्नामेन्ट आयोजना गर्दै, विजेतालाई ५० हजार पुरस्कार




काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)ले भदौ ६ शुक्रबार गते ‘फेकन फुटसल टुर्नामेन्ट २०१९’ आयोजना गर्ने भएको छ ।

‘स्वस्थ रहौं, खुसी रहौं’ नारा दिइएको टुर्नामेन्ट शुक्रबार १० बजे सुरु हुनेछ । टुर्नामेन्टमा १० टिम सहभागी हुने फेकनले जानकारी दिएको छ ।

फेकनका अध्यक्ष युवराज कट्वालका अनुसार बालुवाटारस्थित एक्स–सेल फुटसलमा टुर्नामेन्ट आयोजना हुनेछ ।

टुर्नामेन्टमा सि लिंक, सेतो गुँरास, टाउनहल, प्राइम इन्टेल, युनाइटेड एफसी वोल्स लायन, असागाओ, अमुराइ, इस्टर, जापानिज निन्जा, राइ फुटबल क्लब सहभागी हुने प्रथम उपाध्यक्ष गीता रिजालले जानकारी दिइन ।

टुर्नामेन्टमा प्रथम हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने दोस्रो हुनेले ३० हजार रुपैयाँ पाउनेछन् । त्यस्तै, तेस्रो हुनेले २० हजार रुपैयाँ तथा बेस्ट प्लेयरले ५ हजार रुपैयाँ र सर्वाधिक गोलकतार्एले ५ हजार रुपैयाँ पुरस्कार पाउने संयोजक उमेश कुशवारले जानकारी दिए ।

फेकनका अनुसार शनिबार विजेतालाई पुस्कार प्रदान गरिनेछ ।


क्लिकमान्डु