नेपालीले कानून विपरीत विदेशमा लगानी गरे सम्पत्ति जफत हुन्छ: अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले नेपाली नागरिकले गैरकानूनी तरिकाले विदेशमा लगानी गरेको भए त्यो सम्पत्ति जफत हुने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै अर्थमन्त्री खतिवडाले विदेशमा लगानी गर्न नेपालीलाई प्रतिबन्ध लगाएको र राष्ट्र बैंकलाई जानकारी नभए त्यो रकम जफत हुने बताए ।

प्रतिनिधिसभाको बैठकमा सांसद्हरुले विदेशमा नेपाली नागरिकले गरेको लगानी र बैंकमा रहेको रकमको बारेमा जानकारी माग गरेका थिए ।

त्यसको जवाफमा अर्थमन्त्री खतिवडाले सरकारले नियमित रुपमा अनुसन्धान गरेको र पत्रिकामा आएको आधारमा नै लगानी गरेको भन्न नमिल्ने भन्दै सरकारले नियमित रुपमा अनुसन्धान गरेको बताए ।

उनले पूर्व राजपरिवारको विदेशम भएको सम्पत्ति विदेशमा खोज्ने काम नेपाल ट्रष्टको कार्यालय गरेको र केही पत्ता समेत लगाएको जानकारी दिए । उनले विदेशमा लगानी गर्ने नेपालीको आधिकारिक सूचना पाउन कठिन भएको बताए ।


क्लिकमान्डु