विजयकुमार गच्छेदारको व्यंग- सरकारले खसी, बाख्रामा पनि कर लगाउन थाल्यो



काठमाडौं । पूर्व–उपप्रधानमन्त्री विजयकुमार गच्छेदारले सरकारले राजस्व वृद्धिका लागि कर लगाउने बाहनामा अब खसी र बाख्रामा पनि लगाउन सक्ने भन्दै व्यंग गरेका छन् ।

राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ लाई संशोधन गर्न बनेको विद्येयकमा बुधबार छलफल हुने क्रममा उनले बाख्रामा पनि सरकारले कर लगाउन सक्ने भन्दै व्यंग गरे ।
उनले भने, ‘सरकारले कुखुरा हाँसमा पनि कर लगाउन थालिएको छ रे, यो आम जनताको पनि भनाइ हो । यो अवस्थामा करको विषयमा म केही भन्न चाहन्न ।’

कर नउठी राज्य नचल्ने भएकाले कहाँ–कहाँ कर लगाउने भन्ने विषयमा अब आफूले बोल्नुमा कुनै अर्थ नरहेको उनको तर्क छ ।

छलफलका क्रममा सुकारीलाई पनि दण्ड सजाय गर्ने माग उद्योगीले गरेको प्रति उनले असन्तुष्टि जनाए । उनले भने ‘सुकारीलाई पनि दण्ड दिने हो भने को सुराकी गर्न जान्छ, यो विषयमा अर्थमन्त्रालयको कति ध्यान गएको छ थाहा छैन, मेरो त गम्भीर ध्यान गएको छ ।’
उनले उद्योगी, व्यापारीहरु समस्यामा परे नेताकहाँ आउने गरेको प्रष्ट्याउँदै गरिबमात्रै नेताकहाँ नआउने बताए ।

उनले भने, ‘गरिब मात्रै, बिरामी परेका मान्छे, मेरो सासु बिरामी पर्यो इलाज गर्ने पैसा छैन, मेरो श्रीमती बिरामी पर्यो भनेर पैसा माग्न साना मान्छेमात्रै होइन, हामीकहाँ त ठूला मान्छे पनि आउँछन्, उद्योगपति पनि हामीलाई भेटन आउँछन् ।’

छलफलका क्रममा उनले कुनै कारखानामा दल बलसहित राजस्व अनुसन्धान विभागबाट राजस्व छलीको विषयमा सुराकी खटिने र त्यहाँ गएर अनिश्चितकालका लागि सिलबन्दी गर्ने गरेको तर्क गरे ।

उनले भने, ‘सके पक्रिएर अठ्याएर ल्याउँछ, नसके उसलाई तारिख दिन्छ । त्यसपछि त्यो उद्योग धेरै दिनसम्म बन्द हुन्छ । त्यहाँ सुनुवाइ गर्ने कोही हुँदैन् ।’

१० करोड राजस्व तिर्नेले १० लाख राजस्व छलेर देखाउने करामत अर्थ मन्त्रालयमा राजस्व अनुसन्धान विभागको महानिर्देशकको कानमा बिरलै पुग्ने गरेकोले यसमा ध्यान दिन आवश्यक रहेको तर्क गरे ।

राजश्व छल्नेलाई कारबाही गर्न कडा भन्दा कडा कानून आवश्यक रहेको भन्दै यसको दुरुपयोग गर्नेलाई हेर्ने निकाय आवश्यक रहेको बताए ।

उनले भने ‘कर छल्नेलाई कडा कारबाही गर्ने भन्दैमा उद्योगीलाई जेल हाल्ने काम गर्न हुँदैन,जेलको सट्टा आर्थिक दण्ड दिनुपर्छ । जेल पठाउने काम उचित हैन ।’ यसरी जेलको सजाय दिँदा उद्योगीहरु पलायन हुने तर्फ इंगित गर्दै उद्योगी पलायन भएको खण्डमा राज्यले कर चाँही परेवा,हाँस बेच्नेसँग उठाउने ? भन्दै प्रश्न गरे ।


क्लिकमान्डु