चिनियाँ राजदूतले भनिन्- अब ४ वटै नाकालाई सक्रिय बनाउँछाैं



काठमाडौं । नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले तत्कालका लागि काठमाडौं–कोदारी, काठमाडौं–रसुवागढी र कोरला नाका मार्फत आवागमन आवद्धता बढाउने जनाएकी छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडासंग अर्थ मन्त्रालयमा भेटमा यस्तो बताएकी हुन् । भेटका क्रममा चिनीयाँ कम्पनीहरुबाट नेपालमा भइरहेका निर्माण कार्यको समीक्षाका साथै चीन सरकारको सहयोगमा संचालित परियोजनाहरुको प्रगतिको विषयमा छलफल गरिएको थियो ।

काठमाडौं चक्रपथको दोस्रोचरणको निर्माण कार्य अघि बढाउने तयारी कार्य र चिनीयाँ वित्तीय संस्थाको नेपालको पूर्वाधार विकासमा लगानी बढाउने बारे छलफल भएको छ ।

बुधबार नै अर्थमन्त्री र नेपालका लागि यूरोपियन युनियनका महामहिम राजदूत एमएस भिरोनिका कोडी बीच पनि मन्त्रालयमा भेट भएको छ । यूरोपियन युनियनको सहयोग र द्विपक्षीय हितका विषयमा छलफल भएको बताइएको छ ।

भेटका क्रममा महामहिम राजदूतले पछिल्लो समयमा यूरोपियन युनियनले नेपाललाई बजेटरी सहायताको रुपमा आर्थिक सहायता बढाउँदै लगेको जानकारी गराए । मन्त्री खतिवडाले परियोजना कार्यान्वयन गर्ने निकायहरुले नै स्वामित्व लिने गरी क्षमता विकासमा यूरोपियन युनियनको प्राविधिक सहयोग खर्च गर्नुपर्ने बताए । उनले नेपालको क्षमता नभएका विषयमा मात्र नेपालको बस्तुस्थितिको बारेमा अवगत भएको अन्तर्राष्ट्रिय परामर्शदाताहरु परिचालन गर्नुपर्ने विषयमा जोड दिए ।


क्लिकमान्डु