शिखर इन्स्योरेन्सको नाफा ४७ करोड २९ लाख



काठमाडौं । शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४७ करोड २९ लाख ८० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिको तुलनामा इन्स्योरेन्सको नाफा १५.४७ प्रतिशतले बढेको छ ।

अघिल्लो आवको सोहि अवधिमा इन्स्योरेन्सको नाफा ३९ करोड ९२ लाख ७४ हजार रुपैयाँ रहेको थियो । यस्तै यो अवधिमा इन्स्योरेन्सले १ अर्ब ५६ करोड ३३ लाख ९८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

यो अवधिमा इन्स्योरेन्सले १ अर्ब ११ करोड ४० लाख १४ हजार रुपैयाँ  दाबी भुक्तानी गरेको रिपोर्टमा उल्लेख छ । इन्स्योरेन्सको बिमा कोषमा १ अर्ब ५ करोड ७३ लाख १० हजार रुपैयाँ रहेको छ । चुक्ता पुँजी १ अर्ब ५ करोड ७३ लाख १० हजार रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ४५ करोड ७० लाख ८६ हजार रुपैयाँ रहेको छ ।

प्रतिसेयर आम्दानी ४४ रुपैयाँ ७३ पैसा रहेको इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ २५० रुपैयाँ १७ पैसा रहेको छ ।


क्लिकमान्डु