माछापुच्छ्रेको ऋणपत्रमा मागभन्दा बढी आवेदन



काठमाडौं । माछापुच्छ्रे बैंकले निष्कासन गरेको ऋणपत्रमा मागभन्दा बढी आवेदन परेको छ । बैंकले गत साउन ६ गते देखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको थियो ।

ऋणपत्र बिक्रीको आज अन्तिम दिन थियो । बैंक स्रोतका अनुसार साढे ३ अर्बभन्दा बढीको ऋणपत्रमा आवेदन परेको छ ।

बैंकले १० वर्षे अवधीको लागि १०.२५ प्रतिशत ब्याजदर दिने गरेर ऋणपत्र निष्कासन गरेको थियो । बजारमा धेरै बैंकको ऋणपत्रमा माग बमोजिम आवेदन नभएको अवस्थामा माछापुच्छ्रे बैंकको ऋणपत्रमा मागभन्दा बढी आवेदन परेको बैंकले जनाएको छ ।

ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधित्तम ११ लाख ७० हजार कित्ताका लागि आवेदन गर्न सक्ने गरी ऋणपत्रको आवेदन बैंकले खुल्ला गरेको थियो ।

बैंकले देशभर १३६ वटा शाखा,१२१ शाखा रहित बैंकिङ सेवा सहित ७ लाखभन्दा बढी ग्राहकलाई सेवा दिदै आएको छ । देशभर १५४ वटा एटिएम संञ्चालनमा छन् ।


क्लिकमान्डु