जापानको ओसाका उडानको तयारी पूरा, जनवरीदेखि नारितामा पनि उडान गरिने




काठमाडौं । नेपाल वायू सेवा निगमले जापानको ओसाकामा गर्ने उडानको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै निगमले भदौ १२ गतेदेखि जापानको ओसाका उडानका लागि तयारी सम्पन्न भएको बताएको हो ।

निगमका अध्यक्ष मदन खरेलले ओसाका उडान सुरु भएपछि नारिताका लागि प्रक्रिया अगाडि बढाउने बताए । उनले भने, ‘सुरुमा ओसाकाबाट सुरु गर्छौ त्यसपछि नारिताका लागि जान्छौं, सम्भवतः जनवरीदेखि हामी नारितामा पनि उडान गर्छौ ।’

नेपाल एयरलाइन्सले जापानसँगै चीन र साउदी अरेबियामा समेत उडानका लागि तयारी गरेको छ ।

अध्यक्ष खरेलका अनुसार सेप्टेम्बरसम्म राम्रो नभए पनि अक्टोबरमा सिजन भएकाले राम्रो हुने बताए ।

यसअघि नेपाल एयरलाइन्सले सन् १९९४ मा ओसाकामा उडान गरेको थियो । तत्कालिन समयमा काठमाडौं–सांघाइ–ओसाका गरी एयरलाइन्सले उडान गरेको थियो । उक्त उडान सन् २००७ मा बन्द भएको थियो ।

ओसाकाका लागि हालसम्म ९० सिटका लागि बुकिङ भइसकेको छ । एयर बस ३३० बाट उडान हुने जहाजमा २७४ सिट क्षमताका हो ।


क्लिकमान्डु