सिम्रिक एयरलाइन्सका जहाज उडानमा रोक




काठमाडौं । नागरिक उड्ययन प्राधिकरण (क्यान)ले सिम्रिक एयरलाइन्सका जहाड उडानमा रोक लगाएको छ ।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलले क्लिकमाण्डूसँग उडानमा रोक लगाएको बताए । क्यानले मंगलबार उक्त निर्णय गरेको हो ।

पोखरेलका अनुसार सिम्रिक एयरले प्राधिरणले स्वीकृत नगरेका पार्टपुर्जा प्रयोग गरेकाले उडानमा रोक लगाइएको हो ।

उनले भने, ‘सिम्रिक एयरलाइन्सले प्रयोग गरेका पार्टपुर्जा प्राधिकरणबाट स्वीकृत नगरेको पाइयो, त्यसैले उडानमा रोक लगाएका छौं ।’

प्राधिकरणले सिम्रिक एयरलाइन्सलाई मंगलबार नै स्पष्टिकरण सोधेको छ । पोखरेलले भने, ‘अब के गर्ने भन्ने विषय स्पष्टिकरणको जवाफ आएपछि हुन्छ ।’

उडानमा रोक लगाएसँगै सिम्रिक एयरलाइन्सका मंगलबारका उडान रद्द भएका छन् ।


क्लिकमान्डु