सेञ्चुरी कमर्सियल बैंकले बैदेशिक रोजगार व्यवसायीलाई बैंक ग्यारेन्टी सुविधा दिने



काठमाडौं । सेञ्चुरी बैंकले बैदेशिक रोजगार व्यवसायीलाई बैंक ग्यारेन्टी सुविधा दिने योजना ल्याएको छ ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको विपे्रषणसंग प्रत्यक्ष सम्बन्ध राख्ने वैदेशिक रोजगार व्यवसायीहरुलाई सुविधा दिने उद्देश्य सहित हालै नेपाल सरकारले वैदेशिक रोजगार ऐन २०६४ लाई २०७५/११/१९ मा गरेको संशोधन बमोजिम बैंक ग्यारेण्टी सुविधा प्रदान गर्ने निर्णय गरेको छ ।

यस अन्तर्गत बैंकले १ करोड ५० लाख बैंक ग्यारेन्टी जारी गर्नको लागि २० लाखको नगद मार्जिन र ४ लाखको कमिसन हुने जनाएको छ ।


क्लिकमान्डु